दिप्रुङ चुइचुम्माको वार्षिक बजेट रु ५६ करोड दुई लाख ६८ हजार
खोटाङ, ११ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ५६ करोड दुई लाख ६८ हजार ५८९ बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल याङ्सोलाटारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख अरुणा थापामगरले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो ।
सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट रु २६ करोड ३५ लाख, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाट रु एक करोड ३६ लाख पाँच हजार, विशेष अनुदान अन्तरगत सङ्घीय सरकारबाट रु एक करोड १२ लाख, सङ्घीय सरकारको समपुरक अनुदान रु एक करोड ४८ लाख, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रु एक करोड ३० लाख रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र वडाका लागि चालु प्रशासनिक खर्च रु १२ करोड २७ लाख ५६ हजार ५८९, पालिकास्तरीय पुँजीगत योजनाका लागि रु दश करोड ६२ लाख तथा वडास्तरीय पुँजीगत योजनाका लागि रु एक करोड ५२ लाख बजेट विनियोजन गरि...
