शहीद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवसमा अन्तरसम्वाद कार्यक्रम
खोटाङ, १३ जेठ । शहीद कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा खोटाङमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ । प्रेस सेण्टर नेपाल खोटाङले आयोजना गरेको स्मृति दिवसमा इच्छुकको विचार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीसहितको राजनीतिक परिवर्तन तथा जनपक्षीय पत्रकारितामा केन्द्रित रहेर अन्तरसम्वाद गरिएको हो ।
प्रेस सेन्टर नेपालका आदर्श व्यक्तिका रुपमा सम्मान गर्दै आइएको पत्रकार इच्छुक जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा वि.सं. २०५९ जेठ–१३ गते राज्यतर्फबाट मारिनुभएको थियो । शहीद इच्छुकको स्मृतिमा प्रेस सेण्टर नेपालले हरेक वर्षको जेठ–१३ गतेलाई दिवसको रुपमा मनाउँदै आएको छ ।
दिक्तेल बजारस्थित शहीद दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा इच्छुको तस्वीरमा माल्र्याण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरिएको छ । प्रेस सेण्टर नेपालका के...
