साहित्यिक महोत्सव–२०८२ : पूर्व समन्वय समिति प्रमुख चाम्लिङ र कवि शर्मा सम्मानित
खोटाङ, ४ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङ र अग्रज कवि कुन्ता शर्मा सम्मान गरेको छ । खेलकुद प्रतिष्ठानले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत साहित्यिक महोत्सव कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व जिसस प्रमुख चाम्लिङ र सुनसरीकी कवि शर्मालाई जनही रु ११ हजार १११ नगदसहित सम्मान गरेको हो ।
चाम्लिङलाई पूर्व कार्यक्रम संयोजक हुनुभएकाले र शर्मालाई नेपाली साहित्यिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेबापत सम्मान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । चाम्लिङलाई सहायक प्रमुख जिल्ला अधिकारी सागर साह र शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गर्नु...
