जंगलमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेत सडक अवरुद्ध
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
जंगलमा घाँस काट्न गएका दुई जनाको मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द र कवि ओली जंगली जनावरको आक्रमणमा परी मृत अवस्थामा भेटिएपछि स्थानीयले बबईमा सडक अवरुद्ध गरेका हुन् ।
सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारीहरु बबई पुल पारी र वारितर्फ रोकिएका छन् ।
चन्द र ओलीको शव घरदेखि करिब ५ सय मिटरको दुरीमा फेला परेको थियो । आइतबार बिहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरीचौकी बबईलाई खबर गरेका थिए ।...
