चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ द्वारा १०० दिनमा गरेको कामहरुको विवरण सार्वजनिक ।
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि जनप्रतिनीधिहरुले १०० दिनमा गरेको कामहरुको विवरण आज सार्वजनिक गरेको छ । बेल्टार बजारस्थित वडा कार्यालयमा भएको वडामा सुचिकृत टोल बिकास संस्थाहरुलाई प्रमाणपत्र बितरण तथा वडाको १०० दिने कार्यहरुको विवरण सार्वजनिक गर्ने कार्यक्रममा वडामा सुचिकृत भएका १९ वटा टोल बिकास संस्थाहरुलाई सुचिकृतको प्रमाणपत्र वितरण गरिएको थियो भने वडाले १०० दिनको अबधीमा गरेको बिकास निमार्ण तथा क्रियाकलापको प्रतिबेदन सार्वजनिक गरेको थियो ।
प्रतिबेदन वाचन गर्दै वडा सदस्य आशा परियारले आफुहरु निर्वाचित भएर आए लगतै वडाका बाटोहरुको मर्मत र स्तरोन्नती गर्न ७ सय ४१ ट्याक्टर गिटी बिछ्याएको, जिर्ण अबस्थामा रहेको श्रीपञ्चमी र लामेचौरी कुलोको मर्मत सम्भार गरेको, लामेचौरी, कुमाङ्ग, देवीथान डाँडा र माटेखाडीमा स्थानीयहरुको श्रम...
