Saturday, August 1

कृषि

संविधानसभा सदस्य दुर्गाजयन्ती राई भन्नुहुन्छ, “नेताले आयआर्जनको स्रोत बनाउनुपर्छ !”

संविधानसभा सदस्य दुर्गाजयन्ती राई भन्नुहुन्छ, “नेताले आयआर्जनको स्रोत बनाउनुपर्छ !”

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ मङ्सिर । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आउनुभएको छ । स्थानीय किसानले उत्पादन गरेका मकै, फापर–कोदोको, धान, तोरी तेल, राँगाको मासु, रायोको साग लगायत सङ्कलन तथा प्रशोधन गरेर बिक्री–वितरण गर्दै आउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यसमेत रहनुभएकी संविधानसभा सदस्य राईले वि.सं. २०७६ सालमा रु पाँच हजार लगानीमा २५ केजी मकैको च्याख्ला र दश प्याकेट गुन्द्रुक–सिन्की राखेर व्यवसाय सुरु गर्नुभएको थियो । नेता राईको पसलमा अहिले मकैको च्याख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जीका साथै डालो÷नाङ्लोसम्मका कृषि उपज तथा सामग्री उपलब्ध छ । भूम...
बाँस प्रवद्र्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नाष्टद्धारा पुरस्कृत

बाँस प्रवद्र्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नाष्टद्धारा पुरस्कृत

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २० मङ्सिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नाष्टको ४३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको अवसर पारेर आज (शनिबार) आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्रदान गरेको हो । बाँसजन्य स्रोतको संरक्षण, प्रवद्र्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ । नगरपालिकाले प्राप्त गरेको भुवनेश्वर प्रविधि पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट निर्माण कार्यमा किफायत हुने प्रविधि विकास गर्ने यस्तो प्रविधिको अनुसन्धान तथा यस्तो कार्य क्षेत्रमा प्रयो...
आफ्नै ठाउँमा व्यवसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

आफ्नै ठाउँमा व्यवसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २० मङ्सिर । बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिनुभएको छ । तालिममा सहभागी महिलालाई घर तथा कार्यालयमा प्रयोग हुने मुढा विभिन्न प्रकार तथा गुणस्तरीय तरिकाले उत्पादन गर्ने विधि सिकाइने जनाइएको छ । फुर्सदिला महिलाका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सुरु गर...
कपासेभञ्ज्याङमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा

कपासेभञ्ज्याङमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, राजनीति, समाचार, समाज
खोटाङ, १८ मङ्सिर । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किरात समुदायको महान चाड साकेला उँधौलीको अवसर पारेर आज (बिहीबार) औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो । राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरुको मूर्ति राख्नेगरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झण्डोत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याउनुभएको हो । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश...
नाष्टले प्रदान गर्ने ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढीलाई

नाष्टले प्रदान गर्ने ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढीलाई

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १७ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्षको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ पाउने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ यस वर्ष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाउने भएको हो । नाष्टले कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्याङ्कनमा देशका ७५३ वटा स्थानीयमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट भएको नगरपालिकामा प्राप्त नाष्टको पत्रमा जनाइएको छ । नाष्टका कुलपति एवम् प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा यही मङ्सिर–१२ गते बसेको नाष्टको ४९ औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’बाट पुरस्कृत गर्ने निर्णय गरेको नाष्टको पत...
सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि…

सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि…

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बाँस तथा बाँसजन्य सामग्रीको प्रवद्र्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न काठमाडौँमा सत्याग्रह बसेको चार महिनापछि सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गर्नुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत मार्गदर्शनले पहिलोपटक नेपालमा बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिएको छ । जसअनुसार बाँसबाट एकदेखि दुई तले आवासीय भवन, साना व्यावसायिक तथा औद्योगिक भवनहरू इन्जिनियरिङ डिजाइनका आधारमा निर्माण गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत भएको मार्गदर्शनलाई छिट्टै सङ्घीय मा...
साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना

साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ कातिक । साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तरगत बुधबार गाउँपालिका प्रमुख रविप्रकाश राईले औपचारिकरुपमा मेसिन सञ्चालन गरेर उद्योग स्थापनाको घोषणा गर्नुभएको हो । स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सृजना र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो उद्योग गाउँपालिकाको आर्थिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । उद्योग स्थापना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले लघुउद्यम र उद्योगहरूले युवालाई स्वदेशमै रोजगार दिने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतिमा टेवा पु¥याउने उल्लेख गर्नुहुँदै यस उद्योगबाट स्थानीय युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी बाँसका विविध उपयोगका सामग्री उत्पादन र बजार...
अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

#, अर्थ, कृषि, कोशी प्रदेश, समाचार, समाज
खोटाङ, २२ कातिक । यही कातिक–१५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौँ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ । केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका कृषकहरु यसअघि वर्षाले क्षति पु¥याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पु¥याएको धान थन्क्याउन यतिखेर किसानहरु खेत–खेतमा जुट...

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १४ कातिक । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरु चिन्तित बनेका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरु चिन्तित बनेका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरु भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताउनुभयो । “मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ । पाक्न लागेको अवस्थामा सबै ढलेर सोतर भएको छ”, उहाँले भन्नुभयो, “प्रमुख बालीको रुपमा लगाउँदै आएको धान सबै ढलेर सोतर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी छ ।” कृषकले लगाएको धानबाली पाकेर पहँेलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दरबन्दी बाहेकका सबै कर्मचारी हटाउने

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती भएका÷गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको यही असोज–२८ गते बसेको पूर्ण बैठकले नगरपालिकामा यसअघि करार सेवामा नियुक्त भएका कर्मचारी, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु (सचिवालयका)समेत तथा नगरपालिकाको अनुदानमा नियुक्त भएका शिक्षकहरुलाई आगामी कातिक–१ गतेदेखि लागू हुनेगरी हटाउने निर्णय गरेको हो । नेपाल सरकार (मन्त्रीपरिषद्)बाट असोज–५ गते निर्णय भएर आएको परिपत्रको आधारमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनुभएको छ । “स्वीकृत दरबन्दी बाहेकमा अस्थायी, करार तथा ज्यालादारीमा कर्मचारी एवम् शिक्षक नराख्ने निर्णय कार्यपालिका बैठकबाट पारित गरिएको छ । नगरस्तीय तथा वडास्तरबाट विनिय...