Saturday, August 1

कृषि

दिक्तेल रुपाकोट मझुवागढीको बजेट रु एक अर्ब दुई करोड ९८ लाख ३४ हजार

अर्थ, कृषि, कोशी प्रदेश, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको १३ औँ नगरसभामा उपप्रमुख विशन राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाबाट आन्तरिक आय रु दुई करोड २० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट रु १४ करोड ९३ लाख ९० हजार ६७८, सङ्घीय सरकार अनुदानबाट रु ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान रु आठ करोड ६८ लाख ४२ हजार र अल्या रु सात करोड ९० लाख एक हजार ७१२ स्रोत जुटेको उपप्रमुख राईले नगरसभामा जानकारी दिनुभएको छ । नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वाबलम्बी ...

खोटेहाङका चार कृषकसहित उत्कृष्ट उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ३ असार । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपञ्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो । गाउँपालिकाभरी सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं.–७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं. १ लिकुवापोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं. ३ सावाकटहरेका बलजित राई तथा पशुपञ्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा नं. ८ सिम्पानीका रामकुमार पोखरेललाई गाउँपालिकाले पुरस्कृत गरेको छ । वर्ष उत्कृष्ट भएर पुरस्कृत हुने कृषकहरुलाई जनही नगद रु १५÷१५ हजारको साथमा सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख...

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा रु तीन करोड बजेट

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २ असार । कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्नुहुँदै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि रु तीन करोड बजेट विनियोजन गरिएको बताउनुभएको हो । खोटाङमा जडिबुटीजन्यवस्तु प्रशस्त रहेकाले स्थानीय स्रोत तथा साधनको सदुपयोग गर्दै जिल्लामै रोजगारी सिर्जना गर्ने उद्देश्यले निजी क्षेत्रको साझेदारीमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बताउनुभएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तरगतको यो जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकताक...

वैदेशिक रोजगारीले शहर केन्द्रित बसाइँ सर्नेक्रम बढ्दो

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
–रामधन राई खोटाङ, २४ जेठ । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै गाउँबाट बसाइँ सर्नेको सङ्ख्या पनि बढ्दो रहेको छ । वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको कारण शहर केन्द्रित बसाइँ सर्नेको सङ्ख्या बढिरहेको पाइएको हो । रेमिट्यान्सकै कारण विशेषगरी शिक्षा तथा स्वास्थ्यको सुविधा खोज्दै बसाइँ सर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जाने घरपरिवारका बालबच्चालाई गुणस्तरीय शिक्षा दिलाउने बहानामा सदरमुकाम लगायतका शहर बजारमा बसाइँ सर्ने मानिसको सङ्ख्या उल्लेख्य भेटिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सञ्चालित निजी विद्यालयहरुमा प्रायः गाउँबाट आएका बालबालिकाहरु बढी अध्ययन गर्ने गर्दछन् । वैदेशिक रोजगारीमा गएका परिवारको प्रायः सबै जसो बालबच्चाहरुलाई निजी विद्यालयहरुमा पढाउने गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेल...

हलेसी तुवाचुङका महिला, अपाङ्ग र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठा

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २० जेठ । हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । आम्दानीको स्रोत नभएका नगरवासी छनोट गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । नगरपालिकाले पारित गरेको बङ्गुर प्रवद्र्धन कार्यक्रम अन्तरगत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई निःशुल्क उपलब्ध गराइएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । “नगरवासीलाई बङ्गुर पालन व्यवसायमा जोड्नका लागि १६ घर परिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । रु दुई लाख बराबरको खोर बनाएका घर परिवारलाई नगरपालिकाको तर्फबाट रु ए...

अकबरे खुर्सानीको व्यापार : दिक्तेलमा एक केजी अकबरेको मूल्य रु एक हजार

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १८ जेठ । खोटाङ जिल्लामा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएको पाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न तरकारी पसलहरुमा अहिले अकबरे खुर्सानी प्रतिकेजी रु एक हजारमा धमाधम बिक्री भइरहेको पाइएको हो । जिल्लामा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च भएपनि ग्राहकहरुले खोजिखोजि खरिद गरेर उपभोग गर्ने गरेको व्यापारीहरुले बताएका छन् । दिक्तेल बजारका व्यापारीहरुले गाउँका कृषकले उत्पादन गरेर बिक्री गर्न ल्याएका अकबरे खुर्सानी बाटैमा रोकेर ठेक्दै ग्राहकलाई बिक्री गर्ने गरेका छन् । कृषकबाट प्रतिकेजी रु ७०० देखि रु ८०० सम्ममा खरिद गरेको अकबरे खुर्सानी व्यापारीहरुले रु २०० देखि रु ३०० सम्म नाफा राखेर ग्राहकलाई बिक्री गर्ने गरेको पाइएको छ । अकबरे खुर्सानीको मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले प्रतिकेजी रु एक हजारमा खरिद गरेर उपगोग गर्ने गरिएको उपभोक्ताह...

प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन शुरु (फोटो फिचरसहित)

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १३ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम शुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम शुरु गरेपछि उद्यमीहरु उत्साहित बनेका छन् । बाँसजन्य सामग्री प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुनमा तीन दिने दिक्तेल बजारमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको थियो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गत फागुन–१५ गतेदेखि १७ गते सञ्चालन गरिएको राष्ट्रिय सम्मेलनमा देशभरिका बाँस उद्यमी तथा बाँससँग सम्बन्धि अनुसन्धानकर्ता लगायतगरी ७१३ जना सहभागी भएका थिए । सम्मेलनले दिक्तेल बजारमा बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रुपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ । दिक्तेल...

साकेला उँभौली चाड : चुल्हा तथा भूमि पूजा गर्दै ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार
खोटाङ, २९ वैशाख । किरात समुदायको प्रमुख अर्थात् महान चाड साकेला (उँभौली) आज (सोमबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उँभौली) चाड मनाउने चलन छ । साकेला उँभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । माँझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदान–प्रदानसहित महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गरिएको छ । साकेला उँभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उँभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिए...

राष्ट्रपति पौडेलसहित उच्च पदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार !

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्च पदस्थ छजना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिने तयारी गरेको छ । नगरपालिकाले राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा वली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई यही महिना बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरेको हो । स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वनयन गर्न माग गर्दै उच्च पदस्थ छजना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “स्थानीय स्रोत तथा साधन उपयोग गरेर बनाइएका सामग्री उपयोग गर्न दबाब सिर्जना गर्न बाँसबाट निर...

कृषकलाई स्वरोजगार बनाउन दिक्तेल रुपाकोट मझुवागढीमा राँगा वितरण कार्यक्रम

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका कृषकलाई उन्नत जातका राँगा वितरण कायक्रम शुरु गरेको छ । नगरभित्रका कृषकलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्म निर्भर बनाउने उद्देश्यले यो वर्ष रु ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको घोषित कार्यक्रम अन्तरगत तराईका फामहरुबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत कृषकहरुलाई वितरण गर्न शुरु गरिएको नगर उपप्रमुख विशन राईले बताउनुभयो । “यो वर्ष ४०० वटा राँगा वितरण गर्ने कार्यक्रम छ । नगरपालिकाभित्र गठित कृषक समूहमार्फत कृषहरुलाई वितरण गरिन्छ”, उहाँले भन्नुभयो, “नगरपालिकाको कृषि कार्यक्रम अन्तरगत ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको छ । घोषित कार्यक्रम अनुसार हालसम्म करिब २०० वटा वितरण गरिसहेका छौँ ।” पन्ध्र वडा रहेको यो नगरपालिकाको व...