Saturday, August 1

कृषि

प्रथम राष्ट्रिय बाँस सम्मेलन : खोटाङलाई ‘बाँसको राजधानी’ बनाउन पहल गर्ने निर्णय

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, १८ फागुन । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणा–पत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन १५ गते शुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ । खोटाङ घोषणा–पत्रमा बा...

प्रथम राष्ट्रिय बाँस सम्मेलन : बाँस उद्यमी तथा व्यवसायीहरु उत्साहित

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, १६ फागुन । जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने बाँस सम्मेलनको औपचारिक उद्घाटन बिहीबार नेपाल सरकार, सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गर्नुभएको हो । दिक्तेलस्थित खाेटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । बाँस सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरु स्टलकाे रुपमा प्रदर्शनीमा राखिएको छ। सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकार लगायतगरी ५१ वटा स्टल राखिएकाे आयोजकले गरेको छ । यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङ लगायतको पनि व्यवस्था ग...

राष्ट्रिय बाँस सम्मेलनमा ‘बाँस दाई’ आकर्षण

#, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
फागुन–१५, खोटाङको दिक्तेलबजारमा उद्घाटन भएको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”मा ‘बाँस दाई’ अर्थात भरिबहादुर पर्तेल आकर्षणको केन्द्र बनेका छन् । बाँसकै शीर–पाउ पहिरिएका म्याग्दी, दरवाङ गाउँपालिका–२ का पर्तेल सम्मेलन स्थलमा आकर्षण बनेका हुन् । बाँसबाट मानब जीवनमा आवश्यक सबै काम गर्न सम्भव रहेको कुरा स्थापित गर्न तथा बाँसको प्रबद्र्दन गर्न पर्तेलले बिगत ६ बर्षदेखि बाँसकै पहिरन लगाउँदै आउनुभएको छ । टोपी, कोट, सर्ट, हाप पाईण्ट, जुत्ता, मास्क, चस्माको कभर लगायत सबै बाँसकै पहिरन लगाएर सम्मेलनमा सहभागी बन्नुभएका ‘बाँस दाई’सँग फोटो खिच्न तथा कुरा गर्न होडबाजी चलेको छ । बिकट गाउँमा जन्मिएर हुर्कनुभएको उहाँले बाँसबाट निर्मित झोला, घुम, जुत्ता लगायतका समाग्री बोकेर हिँड्ने गर्नुभएको छ । बाँसको पहिरनमा हिँडडुल गर्न तथा खान–बस्न असहज हुने गरेको बाँस दाईले जनाउनुभयो । निरन्तर बाँसकै सीप गर्द...

यलम्बर बाजा बजाउँदै राष्ट्रिय बाँस सम्मेलनको उद्घाटन

#, अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, पर्यटन, समाचार
फागुन–१५, खोटाङसिथत दिक्तेलबजारमा “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”को उद्घाटन गरिएको छ । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित फागुन १७ गतेसम्म सञ्चालन हुने बाँस सम्मेलनको उद्घाटन गरिएको हो । दिक्तेलबजारस्थित माटिकोरे कभर्ड हलमा संघीय बन वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यलम्बर बाजा बजाउँदै सम्मेलनको उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमा बाँसबाट निर्माण गरिने यलम्बर बाजालाई किरात समुदायले परम्परागत मौलिक बाजाको रुपमा लिने गरेको छ । बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राखी सम्मेलनको आयोजना गरिएका आयोजकले जनाएको छ । सम्मेलनमा संघीय मन्त्रीहरु, बिभिन्न प्रदेशका मन्त्रीहरु, सांसदहरु, गभर्नर महाप्रसाद अधिकारी, बिभिन्न बिश्वबिद्यालयका प्राध्यापक डाक्टरहरु, बन मन्त्रालयका बिशिष्ट कर्मचारीहरु लगायतको उपस्थिती रहेको छ । यस्तै, राष्ट्र...

राष्ट्रिय बाँस सम्मेलनका लागि दिक्तेलबजार उत्रन थाले टोलीहरु

#, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
फागुन–१३,  खोटाङमा हुन गईरहेको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”का लागि बिभिन्न स्थानबाट बिज्ञ तथा सहभागीहरु कार्यक्रम स्थल दिक्तेलबजार पुग्न थालेका छन् । यही फागुन–१५ अर्थात बिहिबारदेखि सुरु हुने सम्मेलनका लागि काठमाण्डौं लगायतका बिभिन्न जिल्लाका टोलीहरु धमाधम दिक्तेलबजार उत्रन थालेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–बन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो क्रियसन ललितपुरको आयोजनामा सम्मेलन हुन लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी बाँस सम्मेलनको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत बाँस सम्मेलनको सम्पुर्ण तयारी पुरा हुँदै गर्दा पाहुनाहरु पनि दिक्तेलबजार उत्रन थालेको जनाईएको हो । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित तीन दिन...

वन उपभोक्ता समितिमा आवद्ध खार्मीका ३६ घर कृषकलाई आधुनिक मौरीको घार

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३ फागुन । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घर स्थानीय कृषकलाई मौरीको आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रम अन्तरगत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराएको हो । वनमा आधारित उद्यम प्रवद्र्धनका लागि खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले जानकारी दिनुभएको छ । “खार्मीमा व्यवसायिक मौरी पालनका लागि ८० वटा आधुनिक घार वितरण गर्ने कार्यक्रम छ । पहिलो चरणमा ७४ वटा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी छवटा केही...

फागुन–१ गतेदेखि दिक्तेल बजारमा ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव’

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार, समाज
खोटाङ, २४ माघ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही फागुन–१ गतेबाट ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१’ आयोजना हुने भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका साथै स्थानीय कला तथा सँस्कृति, कृषि र खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । नमुना स्पोट्र्स क्लब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको आयोजनामा हुन लागेको महोत्सव फागुन–१६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता, ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । महोत्सवमा विभिन्न जातजातिको खाना, राडीपाखी, कृषि उपज, जडीबुटी, ...

किसानको खेतबारीमा बाढीले थुपारेको गेगर हटाउँदै हलेसी तुवाचुङ नगरपालिका

कृषि, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १३ माघ । हलेसी तुवाचुङ नगरपालिकाले गत असोज–१२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानको खेतबारीमा थुपारेको गेगर पन्छाउने काम शुरु गरेको छ । पाकेर थन्क्याउने समयको अन्नबाली नष्ट गर्दै किसानको खेतबारीमा बाढीले थुपारेको बालुवा, गिटी र ढुङ्गा हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन नगरपालिकाले जेसिबी प्रयोग गरेर पन्छाउन शुरु गरेको हो । सुनकोशीमा आएको भीषण बाढीले हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. २ डिकुवा, वडा नं. ८ धितुङ र वडा नं. ११ राजापानीका करिब १५० घरधुरी स्थानीय किसानको करिब २५० रोपनीभन्दा बढी खेतबारी खण्डहर बनाएको छ । धितुङ र राजापानीको सिमानामा पर्ने भाडबेँसीका मात्रै ६० घर किसानको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले ल्याएको गेगरले पुरिएको स्थानीयले बताएका छन् । भीषण बाढीका कारण पूर्ण क्षति बेहोरेका राजापानीका ३१ घर किसानलाई गत असोजमै नगरपालिकाले रु सात हजारको दरले राहत प्...

कफी खेती प्रवद्र्धनमा जुट्यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

कृषि, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफी खेती प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’ अन्तरगत स्थानीय कृषकलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवद्र्धन कार्यक्रम शुरुवात गरिएको हो । नगरपालिकाले शुरुवात गरेको निक्कै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नं.–६ नेर्पामा १२ लाख तथा वडा नं. १४ बुइपामा पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् । बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन् । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब १०० जना कामदार खटिएका छन् । अहिले हुर्कदै गरेका बिरुवा अबको वर्ष दिनपछि...

रैथाने बाली प्रवद्र्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन रकम

कृषि, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २६ पुस । रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण शुरु गरेको छ । नगरसभाबाट पारित बदाम प्रवद्र्धन कार्यक्रमअन्तरगत पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई उनीहरुको गाउँमै लगेर प्रोत्साहनबापतको रकम वितरण शुरु गरेको हो । पहिलो चरणमा नगरपालिकाको वडा नं.–२ डिकुवा र वडा नं.–८ धितुङका किसानलाई प्रोत्साहन रकम वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रवीन भट्टराईले जानकारी दिनुभएको छ । कृषि शाखा प्रमुख भट्टराईका अनुसार धितुङका ९८ जना किसानलाई रु तीन लाख ९४ हजार र डिकुवाका छ जना किसानलाई रु २१ हजार प्रोत्साहनबापतको रकम वितरण गरिएको हो । यस वर्ष धितुङका ९८ जना किसानले ९९७ मुरी र डिकुवाका छ जना किसानले ५० मुरी बदाम उत्पादन गरेको नगरपालिकाले जनाएको छ । एघार वडा रहेको उक्त नगरपालिकामा यो ...