आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हिजो राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हदको सुत्र अनुसार उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारले प्रत्यक्षतर्फ ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् भने प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवारले प्रत्यक्षतर्फ २९ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका छन् ।
त्यस्तै समानुपातिक तर्फ उम्मेदवार भएकाहरुले प्रत्येकले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै उदयपुरका दुबै क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले १९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछने भने समानुपातिकमा नाम भएमा उम्मेदवारले अधिक्तम १ लाख ५० हजा...
