हलेसी तुवाचुङले काठमाडौँबाट विस्थापित नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने
खोटाङ, २३ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौँ लगायतका विभिन्न शहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ । सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा विभिन्न जिल्लाका सुकुमवासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएका नगरवासीलाई आफ्नै ठाउँमा फर्किएर बसोवास गर्न चाहेको खण्डमा आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो गाउँ फर्किन इच्छुक तर, आफ्नो नाममा जग्गा भए पनि बसोवास गर्न आवास नभएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “सङ्घीय सरकारले सुकुमवासी बस्तीसहित देशभरका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने अभियान चलाएको छ । सङ्घीय सरकारको यो अभियानमा हाम्रो नगरपालिकाको पूर्ण समर्थन छ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारले सञ्चालन गरेको सरकारी तथा सार्वजनिक जग...









