एमाले खोटाङका उपाध्यक्ष आचार्यको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन समिति
खोटाङ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)खोटाङका उम्मेदवार देवबिक्रम राईलाई विजयी गराउन जिल्ला उपाध्यक्ष कुमार आचार्यको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । एमाले खोटाङको अध्यक्षसमेत रहनुभएका राईले यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएपछि एमालेले जिल्ला उपाध्यक्ष आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा खोटाङबाट निर्वाचित पूर्वमन्त्रीहरु, पूर्वसांसद तथा संविधानसभा सदस्यहरु, पार्टी केन्द्रीय समितिका सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, जिल्लाका दशवटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु रहेका छन् । यस्तै, एमाले खोटाङका प्रचार विभाग प्रमुख खेमराज देउसाली...









