विदेशबाट फर्कने खार्मीका युवा रोपाइँमा रमाउँदै
–रामधन राई
खोटाङ, १४ असार । दुई वर्ष मलेसियामा काम गरेर फर्कनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २१ वर्षीय दिलिप राई यतिखेर एक हल गोरुको साथ छोड्नुभएको छैन । साथमा गाउँका युवा साथीहरु बाउसे र रोपाहार । दिलिप भन्नुहुन्छ, “यहीँ गज्जब छ ।”
दिलिप जस्तै युवाहरु धान रोपाइँमा रमाइरहेका छन् विदेशबाट फर्किएका खार्मीका धेरै युवा । न थकान न बाध्यता । दिलिपकै जेठो दाजु २५ वर्षीय विकास पनि ब्रुनाईबाट भर्खैर घर फर्किएर रोपाइँमै रमाइरहनुभएको छ ।
अनि अघिल्लो पुस्ताका दीर्घ राई आधी उमेर विदेशमा बिताएर गाउँमा खुब रमाइरहनुभएको छ । अहिले रोपाइँमा उहाँको माग भ्याइ–नभ्याइ छ । विदेशको भोगाइ सुनाउँदै काम गर्ने शैलि उहाँको चकिलो मान्छन् ।
रसिलो स्वभाव र व्यवहारका राई जस्तै बालाशेर राई, हर्कराज राई, बोलकुमार राई ‘बिन्दे’, महेश राई ‘मन्त्री’, दीर्घकुमार राई ‘काजी’, पवन राई लगायत यसरी नै रम...
