साढे चार करोडमा बनाइएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा
खोटाङ, १६ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले १५ कोठे प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु चार करोड ५० लाख लागतमा चार वर्ष लगाएर निर्माण गरिएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा ल्याइएको हो ।
मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा रु एक करोड ५० लाख, आर्थिक वर्ष २०७७÷०७८ मा रु एक करोड, आर्थिक वर्ष २०७८÷०७९ मा रु एक करोड र आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड उपलब्ध गराएको थियो । मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रम अन्तरगत निर्माण गरिएको भवन विद्यालयको ७७ औँ स्थापना दिवस तथा ७६ औँ वार्षिक उत्सवको अवसर पारेर बिहीबार संविधानसभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गर्नुभएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ देखि क्रमागत योजनाको रुपमा शौचालयसहितको विद्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण...
