जेन्जी युनाइटेड मुभमेण्टले मङ्सिर–२ गते दिक्तेलमा ¥यालीसहितको कार्यक्रम गर्ने
खोटाङ, ३० कातिक । देशमा बढ्दो राजनीतिक अव्यवस्था, भ्रष्टाचार र असन्तुलित शासन प्रणालीप्रति आपत्ति जनाउँदै जेन्जी युनाइटेड मुभमेण्ट परिवर्तनले मङ्सिर–२ गते खोटाङमा ¥याली तथा कोणसभा गर्ने भएको छ । रत्नपार्कबाट ¥यालीसहित बजार परिक्रमा गरि हेलिप्याडको तल्लो बाटोमा कोणसभा गर्ने र स्थानीय कलाकारहरुको देशभक्ति गीतमा गायन, नृत्य तथा सडक नाटकको प्रस्तुति रहेको युनाइटेड मुभमेन्ट्का प्रतिनिधि तपसेन राईले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
जेन्जी आन्दोलनका शहीद र घाइतेहरूको सपना अधुरो रहने खतरा बन्दै गएको पत्रकार सम्मेलनमार्फत जनाइएको छ । आन्दोलनपछि जेन्जीहरू विभिन्न समूह र झुण्डमा विभाजित हुँदा शहीदहरूको बलिदान नै खेर जाने अवस्थामा पुगेकाले जेन्जीहरू अनिवार्य रूपमा एक हुनुपर्ने जेन्जी प्रतिनिधि मिरेश राईले बताउनुभएको छ ।
युनाइटेड नभइ आन्दोलनका उपलब्धिहरू जोगाउन नसकिने र शहीद–घाइतेको यो...








