Tuesday, April 21

गृह पृष्ठ

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १४ कातिक । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरु चिन्तित बनेका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरु चिन्तित बनेका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरु भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताउनुभयो । “मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ । पाक्न लागेको अवस्थामा सबै ढलेर सोतर भएको छ”, उहाँले भन्नुभयो, “प्रमुख बालीको रुपमा लगाउँदै आएको धान सबै ढलेर सोतर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी छ ।” कृषकले लगाएको धानबाली पाकेर पहँेलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प...

शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप : रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनलमा

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनल प्रवेश गरेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता आयोजना गरेको हो । सेमिफाइनल प्रवेश गर्ने चार टोलीबीच भोलि (कातिक–३ गते सोमबार) बिहान ७ः३० बजेदेखि सेमिफाइनलका दुई खेल तथा दिउँसो प्रथम उपाधिका फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन गत असोज–३० गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएक...

हर्क साम्पाङका समर्थकद्वारा दिक्तेल बजारमा सरसफाइ अभियान सञ्चालन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १ कातिक । हर्क साम्पाङ नेतृत्वको श्रमशक्ति पार्टीका समर्थकले शनिबार दिक्तेल बजार सरसफाइ गरेका छन् । ‘विचार र औजार, चेतना र पसिनाको क्रान्ति, म हुँ श्रमदाता’ लेखिएको टि–सर्ट लगाएका समर्थकले दिक्तेलस्थित ट्राफिक प्रहरी कार्यालयदेखि बेसक्याम्प हुँदै हाटडाँडासम्म सरसफाइ गरेका हुन् । सरसफाइ अभियानका क्रममा सङ्कलित फोहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयोग गर्दै आएको लफ्याङस्थित ल्यान्डफिल साइटमा लगेर व्यवस्थापन गरिएको जनाइएको छ । फोहर सङ्कलनका लागि डस्टबिनहरू राखिएको र बजारका कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको छ । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले धरानलाई नमूना नगरका रूपमा प्रस्तुत गर्दै श्रमबाट पनि नगर, गाउँ, देश परिवर्तन र विकास सम्भव छ भन्ने सन्देश दिनुभएको छ । नगरप्रमुख साम्पाङको सोचबाट प्रेरित भएर खोटाङमा पनि अभियान सञ्चालन गरिएको जिल्ला संयोज...

तापखोलाको शनिबारेमा श्रमदानमार्फत काठको पुल निर्माण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १ कातिक । बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । गत भदौ–१७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं. २ खार्ताम्छा र वडा नं. ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं. २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएको स्थानीय तीलक साम्पाङ किरातीले जानकारी दिनुभएको छ । “बाढीले ढलान बगाएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध छ । खोलामा पानीको बहाव घटेको छैन”, उहाँले भन्नुभयो, “तत्कालका लागि मोटरसाइकल आव...

कातिक–१५ गतेभित्र सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिलाई नगरपालिकाको पत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३१ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पूर्व तथा वर्तमान कार्यपालिका सदस्यलाई तीन पुस्ते सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको छ । राज्यकोषबाट सेवासुविधा लिइरहेका जनप्रतिनिधिले आफूलाई पारदर्शी बनाउन नसक्दा नैतिक प्रश्न उठिरहेको भन्दै नगरपालिकाले वर्तमान तथा पूर्व कार्यपालिका सदस्यसहित ५५ जनालाई सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको हो । पन्ध्र वडा रहेको जिल्लाकै ठूलो स्थानीय तह यो नगरपालिकाका २५ जना वर्तमान कार्यपालिका सदस्य र २५ जना पूर्व कार्यपालिका सदस्यलाई सम्पत्ती विवरण बुझाउन पत्राचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण खवासले जानकारी दिनुभएको छ । नगरपालिकाले नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, पूर्व नगरप्रमुख दीपनारायण रिजाल, पूर्वउपप्रमुख विणादेवी राई लगायतलाई आगामी कातिक–१५ गतेभित्र सम्पत्ति विवरण उपलब्ध गराउन पत्राचार गरेको हो । वर्तमान तथा...

राति १० बजेपछि देउसीभैलो नखेल्न÷नखेलाउन प्रशासनको आग्रह

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ३१ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले तिहार, नेपाल सम्वत् र छठ पर्वलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै चाडपर्वको समयमा सामाजिक सद्भाव, भातृत्व र शान्ति सुव्यवस्था कायम राख्न आग्रह गरेको छ । प्रचलित परम्परा अनुसार देउसीभैलो, नाचगान लगायतका सांस्कृतिक कार्यक्रम राति १०ः०० बजेसम्म मात्रै गर्न÷गराउन निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जारी गर्नुभएको सूचनामा उल्लेख छ । प्रशासनले जुवातास, लठ्ठेबाजी, भिडभाड, आतिशबाजी र मादक पदार्थ सेवन गरी अशान्ति सिर्जना नगर्न पनि अनुरोध गरेको छ । चाडपर्वलाई मर्यादित बनाउन प्रशासनले विष्फोटक पदार्थ तथा निषेधित वस्तुको ओसारपसार र प्रयोग नगर्नसमेत आग्रह गरेको छ । जिल्लामा शंकास्पद गतिविधि वा अपराधजन्य कार्य भए÷गरेको देखिएमा प्रहरीको टोल फ्री नम्बर १०० वा मोबाइल...

शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप : आयोजक र साकेला ‘ए’को विजयी यात्रा सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ३० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप–२०८२’ मा आयोजक योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति र साकेला ‘ए’ फुटबल टोलीले विजयी यात्रा सुरु गरेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ वाईसिएल नेपाल वडा कार्यसमितिले आयोजना गरेको प्रतियोगितामा निर्मलीडाँडा फुटबल क्लबलाई ट्राईब्रेकरमा तथा साकेला डाँडागाउँ ‘ए’ले बुवासुङलाई १–० ले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । आयोजक र निर्मलीडाँडाबीच भएको पहिलो खेलको निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा आयोजकले ५–३ को अन्तरले निर्मलीडाँडालाई पराजित गर्दै आयोजकले विजयी यात्रा सुरु गरेको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगिताको दोस्रो खेलमा साकेला डाँडागाउँ ‘ए’ले बुवा...

‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोली सहभागी

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २९ असोज । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले आयोजना गरेको ‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ वाईसिएल नेपाल वडा कार्यसमितिले आयोजना गरेको फुटबल प्रतियोगितामा जिल्लास्थित विभिन्न स्थानीय तहका २६ टोली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको खुला वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन भोलि (असोज–३० गते) ११ः०० बजे विधिवतरुपमा गरिने आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन माओवादी केन्द्रका केन्द्रीय अनुशासन आ...

भूमि आयोग पुनः स्थापना गर्न प्रधानमन्त्र सुशीला कार्कीलाई ज्ञापन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २९ असोज । भूमि अधिकार तथा श्रमिक सङ्गठन खोटाङ र अखिल नेपाल किसान महासङ्घ खोटाङले भूमि समस्या समाधान आयोग पुनः स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार ज्ञापनपत्र पठाउँदै दुई सङ्गठनले यस्तो माग गरका हुन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले अव्यवस्थित बसोवासी, भूमिहीन दलित, सुकुम्बासी र श्रमजीवि जनताको विरुद्धमा मानव अधिकार प्रतिकूल हुनेगरी आयोग खारेज गरेको सङ्गठनले आरोप लगाएका छन् । ज्ञापनपत्र लिएर जिल्ला प्रशासन कार्यालय पुगेको समूहले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अनुपस्थितिमा निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईलाई बुझाएको हो । भूमि, आवास र परिवार प्रत्येक नागरिकको मौलिक अधिकार भएकाले उनीहरूको अधिकार सुनिश्चित गर्न स...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दरबन्दी बाहेकका सबै कर्मचारी हटाउने

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती भएका÷गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको यही असोज–२८ गते बसेको पूर्ण बैठकले नगरपालिकामा यसअघि करार सेवामा नियुक्त भएका कर्मचारी, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु (सचिवालयका)समेत तथा नगरपालिकाको अनुदानमा नियुक्त भएका शिक्षकहरुलाई आगामी कातिक–१ गतेदेखि लागू हुनेगरी हटाउने निर्णय गरेको हो । नेपाल सरकार (मन्त्रीपरिषद्)बाट असोज–५ गते निर्णय भएर आएको परिपत्रको आधारमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनुभएको छ । “स्वीकृत दरबन्दी बाहेकमा अस्थायी, करार तथा ज्यालादारीमा कर्मचारी एवम् शिक्षक नराख्ने निर्णय कार्यपालिका बैठकबाट पारित गरिएको छ । नगरस्तीय तथा वडास्तरबाट विनिय...