द्वन्द्वकालका शहीदको सम्झना गर्दै परिवारका सदस्यलाई उपकरणसहित सम्मान
खोटाङ, १४ असार । खोटेहाङ गाउँपालिकाले द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट मारिएका शहीदहरुलाई सम्झना गर्दै उनीहरूका परिवारलाई सम्मान गरेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को दशवर्षे जनयुद्धका क्रममा शहादत प्राप्त गर्ने खोटेहाङ गाउँपालिकाका ११ शहीद परिवारसहित द्वन्द्वपीडित, घाइते अपाङ्ग तथा बेपत्ता परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङको आयोजना तथा खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा भान्सामा प्रयोग गरिने विद्युतीय चुल्हो प्रदान गरिएको छ । सम्मान कार्यक्रमले द्वन्द्वकालीन घटनाहरूको स्मरणका साथै शहीद परिवारहरूप्रति संम्मान व्यक्त गरेको प्रतिष्ठानले जनाएको छ ।
जनयुद्धमा राज्यपक्षबाट मारिएका खोटेहाङका नौँजनामध्ये सात परिवार र विद्रोही पक्षको एम्बुस तथा दोहोरो भिडन्तमा परि ज्यान गुमाएका चार शहीद परिवारलाई विद...
