जन्तेढुङ्गा गाउँपालिकाद्धारा आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्ण पाठ)
खोटाङ, १० असार । जन्तेढुङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभामा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
आर्थिक विद्येयक तथा बजेट आज (मङ्गलबार) प्रस्तुत गरिने गाउँपालिकाले जनाएको छ । नीति तथा कार्यक्रमको पूर्ण पाठ यस प्रकार रहेको छ ।
आगामी आ.व.को प्रमुख नीति तथा कार्यक्रमहरू
गाउँसभाका उपाध्यक्ष ज्यू,
गाउँसभाका सदस्य ज्युहरु,
अब म आ.व. २०८२र८३ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।
कृषि सम्बन्धी नीति तथा कार्यक्रम
“उत्पादन तपाई गर्नुहोस बजार हामि दिन्छौ” भन्ने नारालाई निरन्तरता दिइएको छ ।
५। जन्तेढुङ्गा गाउँपालिकाको उत्पादन आयआर्जन र रोजगारी सृजना हुने मुख्य कृषि र पशु पालन नै भएको र अधिकांश जनता यसैमा निर्भ...
