पूर्वराष्ट्रपति भण्डारीलाई देशको नेता बनाउन सक्रिय राजनीतिमा रोक लगाएका हौँ : नेता भट्टराई
खोटाङ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिब्यूरो सदस्य विशाल भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ । एमाले खोटाङले आज (सोमबार) खोटाङको दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको मात्र नेता नभइ देशकै साझा नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ ।
संविधानसभा सदस्य एवम् एमाले संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहनुभएका नेता भट्टराईले एमाले स्थायी समिति, पोलिटब्यूरो तथा केन्द्रीय समितिका बहुमत सदस्यले गरेको निर्णय पूर्वराष्ट्रपति भण्डारीको हितमा रहेको पनि दाबी गर्नुभयो । “विद्यादेवी भण्डारी दुई पटक राष्ट्र प्रमुख भएको सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँ पुनः सक्रिय राजनीतिमा आउँदा त्यो पदको ओझ घट्छ भन्ने पार्टीको ठम्याइ...
