त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला : अधिकांश दर्शनार्थी भारतीय नागरिक
खोटाङ, ५ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आज (सोमबार)बाट शुरु भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ ।
बोलबमको अवसर पारेर हलेसीमा लगाइएको महिनादिने मेला भर्न आएका गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामुहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदल यात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् ।
मेलाको पहिलो दिन (आज) १२ हजार ४७५ जना दर्शनार्थी तथा भक्तजनले हलेसी मन्दिरको दर्शन गरेको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभएको छ । “हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन् । उनीहरुमध्ये अधिकांशले आफ्नै सवारी साधन प्रयोग गरेर आउने गगरेका छन्...
