Thursday, April 23

गृह पृष्ठ

ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, २० चैत । ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा वडा नं. ३ ऐसेलुखर्क बजारमा निर्माण शुरु गरिएको पालिकास्तरीय १५ शय्याको अस्पतालको काम अन्तिम चरणमा पुगेको हो । अपाङ्गमैत्री भौतिक संरचनासहित निर्माणाधीन सुविधा सम्पन्न अस्पताल भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनी तुवाचुङ कन्ट्रक्शन प्रा.लि.का प्रबन्ध÷निर्देशक सुनिल राईले जानकारी दिनुभएको छ । भ्याटसहित रु १९ करोड ३० लाख ४४ हजार ३०० लागतमा निर्माणाधीन अस्पताल भवन यही महिना दिनभित्र गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी रङरोगनको काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीयवासीन्दा हर्षित भएका छन् । ...

नेपाल पत्रकार महासङ्घ युरोप अध्यक्ष केजिनलाई प्रेस सेन्टर नेपालको सम्मान

गृह पृष्ठ, ताजा समाचार, प्रवास, समाचार
खोटाङ, २० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पत्रकार केजिन राई नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष हुनुहुन्छ । प्रेस सेन्टर नेपालका युरोप शाखा इन्चार्जसमेत रहनुभएका पत्रकार राईले वि.सं. २०४७ सालबाट व्यवसायिक पत्रकारिता शुरु गर्नुभएको हो । युगध्वनी साप्ताहिक पत्रिकाबाट व्यवसायिक पत्रकारिता शुरु गर्नुभएका पत्रकार राईले चोमोलोङ्मा, काठमाडौँ टुडे, साल्पा, हिमालय, नेपाल टाइम्स दैनिक, लोकपत्र दैनिक, अपराह्न, छानबिन साप्ताहिक, जनमञ्च साप्ताहिक, मध्यान्तर पाक्षिकलगायत विभिन्न पत्रपत्रिकामा काम गर्नुभयो । रहरैरहरको पत्रकारिताले व्यवसायिक पत्रकार बन्नुभएका पत्रकार राई खोटाङबाट प्रकाशित मध्यान्तर पाक्षिकमा सल्लाहकार सम्पादक र लेनमुक (दिव्यदृष्टि)मा सम्पादकसमेत बन्नुभएको थियो । नेपाल टाइम्समा रहँदा खेलकुद पत्रकार टोलीको नेतृत्व गर्दै रिपोर्टिङ (समाचार सङ्कलन)का लागि पत्र...

निःशुल्क आँखा शल्यक्रिया शिविर : ९१ वर्षीया वृद्धासहित ९९ जनाको सफल शल्यक्रिया

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, ११ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९९ जनाको शल्यक्रिया सफल भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा नेत्रज्योति सङ्घ खोटाङले आयोजना गरेको निःशुल्क आँखा उपचार शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी ९१ वर्षीया देवीसरा राईसहित ९९ जनाको आँखाको शल्यक्रिया गरिएको हो । दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ७१२ जनाको आँखा जाँच, ५७० जनालाई औषधि वितरण, २०२ जना जेष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण तथा ९९ जनाको शल्यक्रिया गरिएको आयोजक नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभएको छ । “दश स्थानीय तह रहेको जिल्लामा एक हजार ५४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको स...

वैशाख–१५ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुँदै

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, संगीत, समाचार, साहित्य
खोटाङ, ११ चैत । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्न...

प्रहरी चौकी खार्पा १२ वर्षपछि आफ्नै भवनमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १० चैत ।  रावाबेँसी गाउँपालिका–२ खार्पास्थित खार्पा प्रहरी चौकीको नवनिर्मित सुविधा सम्पन्न आरसिसी कार्यालय भवन उद्घाटन गरिएको छ । भ्याटसहित रु दुई करोड ९५ लाख ३२ हजार लागतमा निर्माण भएको सुविधा सम्पन्न कार्यालय भवन आज (आइतबार) कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले उद्घाटन गर्नुभएको हो । वि.सं. २०६९ सालमा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साबिक खार्पा गाउँ विकास समिति  (गाविस)को पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । स्थापना भएकाे १२ वर्षसम्म साँघुराे तथा कच्ची  भवनबाट सेवा प्रवाह गर्दै आएकाे प्रहरी चाैकी खार्पाका लागि नयाँ भवन निर्माण भएर प्रयोगमा आएसँगै सेवा प्रवाहमा सहज हुने जनाइएकाे छ । नवनिर्मित भवनमा सानो ठुलो गरी ११ वटा कोठा रहेको छ । साढे दुईतले भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालयसहितको मह...

मृत भेटिएका केपिलासगढी गाउँपालिकाका वृद्धको हत्या भएको आशंका

#, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १० चैत्र ।  केपिलासढी गाउँपालिका–२ का ६६ वर्षीय ओमप्रकाश राई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेमा मृत अवस्थामा फेला परेको छ । कवाडीको काम गर्दै आएका वृद्ध राई आइतबार बिहान करिब ६ बजे बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा मृत अवस्थामा फेला परेका हुन् । बोडेमै बस्दै आएका मृतक राईको कान र टाउकोमा चोट देखिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो । राईको शब शंकास्पद अवस्थामा पाईएकाले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाईएको डिएसपी न्याौपानेको भनाई छ । शवको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि केएमसी अस्पताल पठाइएको छ । हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाए पनि अहिलेसम्म कोही पक्राउ भने परेका छैनन ्।।...

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर : पहिलो दिन ३४ जनाको सफल शल्यक्रिया

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ९ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन आज (शनिबार) ३४ जना आँखाका बिरामीको सफल शल्यक्रिया भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा शुरु भएको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा उपचारका लागि नाम दर्ता गराएका २५७ जना बिरामीमध्ये ३४ जनाको सफल शल्यक्रिया गरिएको हो । दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यही चैत–११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभएको छ । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । आँखा शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बास जस्ता सेवा निःशुल्क प्रदान गरि...

राष्ट्रपति पौडेलसहित उच्च पदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार !

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्च पदस्थ छजना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिने तयारी गरेको छ । नगरपालिकाले राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा वली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई यही महिना बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरेको हो । स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वनयन गर्न माग गर्दै उच्च पदस्थ छजना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “स्थानीय स्रोत तथा साधन उपयोग गरेर बनाइएका सामग्री उपयोग गर्न दबाब सिर्जना गर्न बाँसबाट निर...

खोटाङमा चट्याङ लागेर र बार्दलीबाट लडेर दुईजनाको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ९ चैत । चट्याङ लागेर र बार्दलीबाट लडेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी २१ महिने शिशु अनुसोया पोखरेलको मृत्यु भएको हो । शनिबार बिहान करिब ४ बजेको समयमा दिलकुमारीलाई घरको आँगनमा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेर मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिनुभयो । दिलकुमारीको चट्याङ लागेर घटनास्थलमै ज्यान गएपछि स्थानीय जनप्रतिनिधिले शनिबार बिहान ७ ः३० बजे प्रहरीलाई खबर गरेका थिए । खबर आएलगत्तै इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी टोली घटना...

जनप्रतिनिधिका लागि ‘आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी अभिमुखीकरण

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ८ चैत । प्रदेश योजना आयोग, कोशी प्रदेश विराटनगरले शुक्रबार खोटाङको दिक्तेलमा ‘प्रदेशस्तरीय आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सञ्चालन गरेको छ । प्रदेशस्तरीय आयोजनाको पहिचान गर्ने, प्रदेशस्तरीय आयोजना सञ्चालनमा प्रदेशको नीति सम्बन्धमा जानकारी गराउने तथा कार्यान्वयनयोग्य र प्राथमिकताप्राप्त प्रदेशस्तीय आयोजना प्राप्त गर्ने विधिका बारेमा जानकारी दिने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो । खोटाङ प्रदेशसभा १ (क)मा पर्ने पाँचवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी गोष्ठीमा लागतको आधारमा प्रदेश सरकारले सञ्चालन गर्ने पूर्वाधार विकास आयोजनाहरुको बारेमा जानकारी दिइएको थियो । प्रदेशले सञ्चालन गर्ने पूर्वाधार विकास आयोजना अन्तरगत सडकमा...