पत्रकार महासङ्घ खोटाङले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने
खोटाङ, १ माघ । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । दिक्तेलस्थित पत्रकार महासङ्घ शाखा खोटाङको कार्यालयमा आज (मङ्गलबार) बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लामा क्रियाशील पत्रकारहरुलाई पत्रकारिता पेशामै टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पत्रकार पेन्सन कोष स्थापना गर्ने निर्णय गरिएको पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताउनुभयो । “पत्रकारिता पेशा भनेको सरकारको प्रतिपक्षी पेशा हो । निष्पक्षरुपमा पत्रकारिता गर्ने पत्रकारलाई सरकारले कुनै सेवासुविधा दिने व्यवस्था छैन”, उहाँले भन्नुभयो, “पत्रकारले खबरदारी नगरेको खण्डमा सरकार निरङकुश बन्छ । नागरिकको आवाज सरकार समक्ष र सरकारको निर्णय नागरिकसम्म पु¥याउने पत्रका...
