पिपलडाँडा देविस्थान माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
खोटाङ, ४ माघ । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं. १० अर्खौलेमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित पाँचौँ संकरणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि मङ्गलटारले छ स्वर्ण, नौँ रजत र दुई कास्य पदकसहित प्रथम उपाधि जितेको हो ।
पाँचौँ संस्करणको राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेसँगै पिपलडाँडा देविस्थान मावि मङ्गलटारले रनिङ शिल्ड पच गरेको छ । लगातार तेस्रो र चौथो संस्करणको उपाधि जितेको पिपलडाँडा देविस्थान मावि मङ्गलटारले पाँचौँ संस्करणसमेत जितेपछि रनिङ शिल्ड पच गरेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो ।
विभिन्न १५ विद्यामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि आयोजना गर...
