भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री राईलाई पत्रकार महासङ्घको ज्ञापन
खोटाङ, ३० मङ्सिर । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङले कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश सरकारका पवक्तासमेत रहनुभएका मन्त्री राईलाई पत्रकार महासङ्घ खोटाङ शाखाका नवनिर्वाचित कार्यसमितिले महासङ्घको भवन निर्माणका लागि आवश्यक पहल गरिदिन माग गर्दै आज (आइतबार) ज्ञापनपत्र बुझाएको हो ।
पत्रकार महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै मन्त्री राईले यसै वर्षबाट कार्यान्वयन हुनेगरी बहुवर्षे योजना बनाएर पत्रकार महासङ्घको भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री राईले पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन दिक्तेलमा आयोजना गर्नुभएको कार्यक्रममा पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष हरिवोल आचार्यले ज्ञापनपत्र बुझाउनुभएको हो ।
कोशी प्रदेशभित्र पर्ने १...
