एक हजार ३१५ किलोग्राम गाँजासहितको ट्रक प्रहरी नियन्त्रणमा
खोटाङ, २२ साउन । जिल्ला प्रहरी कार्यालय खोटाङले एक हजार ३१५ किलोग्राम गाँजासहितको ट्रक नियन्त्रणमा लिएको छ । ट्रकमा गाँजा लुकाएर राखेको भन्ने जानकारीको आधारमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा वालिङस्थित मध्यपहाडी लोकमार्गबाट गाँजासहितको ट्रक नियन्त्रणमा लिएको हो ।
जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि गाँजा लुकाएर राखेको भेटिएको जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीचको भागमा फल्स बटम बनाएर लुकाइ राखेको अवस्थामा गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको वालिङमा गाँजासहित रोकेर राखिएको ट्रकमा चालक वा अन्य कोही पनि व्यक्ति नभेटिएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा शुक्रबार गाँजासहित भेटिएको ट्रकको च...









