Saturday, August 1

खेलकुद

राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा एभिएम क्लब ललितपुरको बर्चस्व

#, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, समाचार
खोटाङ, १ जेठ । दिक्तेलमा सम्पन्न खुला राष्ट्रिय टेवलटेनिस प्रतियोगितामा एभिएम टेबलटेनिस क्लब ललितपुरले बर्चस्व जमाएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सिनियर पुरुषतर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदाल च्याम्पियन बन्नुभएको छ । गदालले २५ हजार रुपैयाँ नगदसहितको पुरस्कार प्राप्त गर्नुभयो। बुधबार सम्पन्न प्रतियोगितामा रुपन्देहीका बुद्धिमान गुरुङले दोश्रो स्थान ओगट्दै १२ हजार पाँच सय र तृतीय हुने सुनसरीका सिदार्थ तामाङ र एभिएम टेवलटेनिस क्लब ललितपुरका प्रजिल भट्टराईले जनही छ हजार दुई सय पचाससहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नुभएको छ । यस्तै, जुनियर महिलातर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकै साइरा शाक्य प्रथम बन्नुभयो। शाक्यले दश हजार रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।प्रतियोगितामा सोही क्लबकी अर्सना महर्जन दोश्रो ब...

‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ३१ वैशाख । ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत बुधबार सम्पन्न फाइनल खेलमा नेपालीले छ दशमलव पाँच अङ्क जोड्दै प्रथम स्थान ओगट्नुभएको हो । सात राउण्डको प्रतियोगितामा समान साढे पाँच अङ्क जोड्दै सुनसरीका हिमाल राई दोस्रो तथा खोटाङका धिरेन राई तेस्रो हुनुभएको छ । यस्तै, रौतहटका रुपेश जैसवाल चौथो, सुनसरीका मुहाननर्सिङ श्रेष्ठ पाँचौँ, झापाका सुमन श्रेष्ठ छैटौँ, भोजपुरका प्रदीप राई सातौँ, काठमाडौँका नवीन तन्दुकार आठौँ, झापाका राजन सुवेदी नवौँ तथा मोरङका उमेश राई दशौँ हुनुभएको प्रतियोगिताका सहजकर्ता बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिनुभएको छ । विभिन्न जिल्लाका ४१ जना खेलाडी सहभागी प्रतियो...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२ : टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ३० वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत आज (मङ्गलबार)बाट खुला राष्ट्रिय टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । दिक्तेल बजारस्थित खोटाङ बहुेउद्देश्यीय कभर्डहलमा टेबलटेनिस तथा जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ । खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा ५२ तथा बुद्धिचाल प्रतियोगितामा ४१ जना राष्ट्रिय तथा अन्तर्राट्रियस्तरका खेलाडी सहभागी रहेको संयोजनकर्ता जिल्ला ...

सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठलाई ‘खुला हाफ म्याराथन–२०८२’को उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार, साहित्य
खोटाङ, २७ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत खुला महिला÷पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको महोत्सवको पहिलो दिन आज (शनिबार) सम्पन्न २१ किलोमिटर लामो हाफ म्याराथनअन्तरगत महिलातर्फ न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेण्ड तथा पुरुषतर्फ श्रेष्ठले एक घण्टा आठ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जित्नुभएको हो । महिलातर्फको हाफ म्याराथनमा नेपाली सेनाकै निर्मला केसीले एक घण्टा २७ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा निशा सार्कीले एक घण्टा २७ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो हुनुभएको छ । यस्तै, पाँचथरकी पुष्पा शोर्पाले एक घण्टा ३७ मिनेट ४६ सेकेण्डमा दूरी पार गर...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२ : पहिलो दिन हाफ म्याराथनसहित दौड प्रतियोगिता

अर्थ, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, संगीत, समाचार, साहित्य
खोटाङ, २७ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आज (वैशाख–२७ गते)देखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरुष हाफ म्याराथनसहित दौड, खुला महिला÷पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) ख...

दिक्तेलमा वैशाख–२७ गतेदेखि हुने ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को तयारी पूरा

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार, साहित्य
खोटाङ, २६  वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले भोलि (वैशाख–२७ गते)देखि जेठ–४ गतेसम्म सञ्चालन गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका  खुला महिला÷पुरुष हाफ म्याराथन, खुला महिला÷पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन भोलि (वैशाख–२७ गते) खुला...

कात्तिके फुटबल क्लब ईन्द्रणीपोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’को उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २५ वैशाख । दोस्रो सँस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीले जितेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित खोटाङबजार टुँडीखेलमैदानमा आज (बिहीबार) सम्पन्न फाइनल खेलमा मेर्ला फुटबल क्लब ईन्द्रेणीपोखरीलाई ५–० गोल अन्तरले पराजित गर्दै कात्तिके फुटबल क्लब ईन्द्रेणीपोखरीले प्रथम उपाधि जितेको हो । प्रथम उपाधि विजेता कात्तिके फुटबल क्लब ईन्द्रणीपोखरीले रु एक लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता मेर्ला फुटबल क्लबले नगद रु ५० हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिम पारुहाङ फुटबल क्लब ईन्द्रेणीपोखरी र कट्टा फुटबल क्लब सावाकटहरेले नगद रु २५÷२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खोटेहाङ खेलकुद विकास समिति खोटहाङ गाउँपालिकाले सञ्चालन गरेको दोस्रो सँस्करणको प्रतियोगिताका स...

वैशाख–२३ गतेदेखि खोटाङमा अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १५ वैशाख । जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख तेस्रो सातादेखि दिक्तेल बजारमामा खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख–२३ गतेदेखि २५ गतेसम्म खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो । दिक्तेल बजारस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्डहल’मा आयोजना गर्न लागिएको तीन दिवसीय प्रतियोगितामा खुला पुरुष डबल्स, मिक्स डबल्स, भेट्रान्स डबल्स (४० वर्षमाथिका) तथा शिक्षक, कर्मचारी, जनप्रतिनिधि डबल्स र १५ वर्षमूनिका सिङ्गल प्रतियोगिता गरिने ब्याडमिन्टन सङ्घले पत्रकार सम्मेलनमार्फत जनाएको छ । खुला पुरुष डबल्समा प्रथम हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार तथा सेमिफाइनलिष्ट दुई टिमले रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ब...

बाक्सिलाले जित्यो ‘पाँचौँ खकलुङ आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ६ वैशाख । पाँचौँ संस्करणको ‘खकलुङ आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को उपाधि बाक्सिला फुटबल क्लब बाक्सिलाले जितेको छ । केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित खोक्मा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लब नेर्पालाई ४–३ गोलअन्तरले पराजित गर्दै बाक्सिलाले उपाधि जितेको हो । खकलुङ यूनाइटेट क्लब बास्पानीको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधि विजेता बाक्सिलाले नगद रु ६० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको नेर्पाले रु ४० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक खकलुङ यूनाइटेट क्लबका अध्यक्ष तीलक साम्पाङले जानकारी दिनुभएको छ । यही वैशाख–४ गतेबाट शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न क्लबमा आवद्ध आठ टिमको सहभागिता रहेको थियो । पाँचौँ संस्करणको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा बाक्सिला फुटबल क्लब बाक्सिलाका यलम्बर राई...

वैशाख–१५ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुँदै

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, संगीत, समाचार, साहित्य
खोटाङ, ११ चैत । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्न...