Saturday, August 1

खेलकुद

होलीको साँझमा बबिनाको तहल्का

#, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, संगीत, समाचार
–रामधन राई  खोटाङ, १ चैत । सिमसिम पानी छिट्याउन थाल्यो । झम्के साँझ पर्न थाल्यो । ‘माथि–माथि हिमाली भेगमा हिउँ प¥यो फुरुरु...’ । गायिका बबिना किरातीको स्थायीसँगै दर्शकका तालीको पर्रासहितको अन्तरा एकैसाथ गुञ्जन थाले । मैदानमा दर्शकहरु झुम्मिन थाले । पटकाको बर्षा बर्षिए । गायिका/गायक लगायत संगीतप्रेमीहरुको स्वागतमा निक्कै लामो लहर चलिरह्यो । फागुन २९ गते अर्थात होली पर्व । सोल्मा स्पोर्टस क्लब, दिक्तेल सोल्मा अर्थात आयोजकको सोल्मास्थित खेलमैदान । माथिल्लो भेग र चिसो मौसम । रोमाञ्चक खेलका साथै होली पर्बका कारण पनि खैलमैदान तथा आसपासका क्षेत्र रंगिन यसै थियो । सद्भावको रंगमा रंगिएका मान्छेहरु बबिना किरातीको गायकीमा झनै रङ्मगिएका थिए । समापनमा बिशेष आकर्षण थियो बिशेष सांगीतिक प्रस्तुति । साँझ हुर्कंदै जाँदा मञ्च सामुन्ने भीड बाक्लिँदै गयो । सिमसिम बर्षा हुन थाले पनि कसैलाई पर्वाह थिएन ...

महादेवस्थानले उचाल्यो ‘सोल्मा वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २९ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको पाँचौँ संस्करणको ‘सोल्मा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले उचालेको भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको आफ्नै खेल मैदानमा आज (बिहीबार) साँझ सम्पन्न पाँचौँ संस्करणको फाइनल खेलमा दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै महादेवस्थानले प्रथम उपाधि उचालेको हो । प्रतियोगिताको पहिलो हाफमा दुई गोल गरेको महादेवस्थानले दोस्रो हाफमा पुनः एक गोल थप्दै पाँचौँ संस्करणको उपाधिमाथि कब्जा जमाएको थियो । प्रतियोगिता अवधिभर निक्कै दबाबमा परेको केएफएले निर्धारित समयमा महादेवस्थानविरुद्ध कुनै पनि गोल फर्काउन नसक्दा पाँचौँ संस्करणको उपाधि चुम्नबाट चुकेको हो । प्रतियोगिताका उपाधि विजेता टिम (टोली)ले रु एक लाख ३३ हजार ३३३ तथा उपविजेता ...

पाँचौ सोल्मा वडा कपको उद्घाटन ब्यानर भारतमा उत्रियो

#, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
फागुन–२५, खोटाङमा आयोजित ‘पाँचौ सोल्मा वडा कप पुरुष  फुटबल प्रतियोगिता’को उद्घाटनमा उडाईएको ब्यानर भारतको सिलगुढीमा भेटिएको छ । आयोजक सोल्मा स्पोट्र्स क्लब सोल्माको खेल मैदानबाट उडाईएको बेलुनसहितको उद्घाटन ब्यानर भारतीय महिला आनान्या सरकारले भेटाएकी हुन् । पाँचौं संस्करणको उद्घाटन शनिबार कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नुभएको हो । बेलुन र ब्यानर फेला पारेकाबारे स्वयम आनन्याले आयोजकको आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् । पूर्बघोषणा अनुरुप उद्घाटनमा उडाईएको बेलुनसहितको ब्यानर फेला पार्ने ब्यक्तिलाई नगद पाँच हजार रुपैंयाँ पुरस्कार प्रदान गर्दै आएकोे क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जनाउनुभयो । उद्घाटन ब्यानर भेट्ने आनन्यालाई पुरस्कार प्रदान गर्न र ब्यानर फिर्ता लिन आईतबार क्लबका प्रतिनिधि भारत पठाईएको आयोजकले बताएको छ । फागुन–२९ गते समापन हुने प्रत...

आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पाले चुम्यो ‘नेर्पा भुलभुले पुरुष फुटबल’को उपाधि

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २६ माघ । ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पा खोटाङले चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलासँग आज (शनिबार) भएको फाइनल खेलमा बाक्सिलालाई शून्यका विरुद्ध दुई गोल गर्दै आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाले तेस्रो सँस्करणको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि चुमेको हो । नेर्पास्थित स्पोर्टस् क्लबको आफ्नै खेलमैदान संसारीडाँडामा भएको फाइनल खेलको पहिलो हाफमा नेर्पा स्पोर्टस् क्लब नेर्पाका जर्सी नं. ११ का खेलाडी भुजन गुरुङ एक्लैले दुवै गोल गर्नुभएको थियो । निर्धारित समयको पहिलो हाफको पाँचौँ मिनेट र २७ औँ मिनेटमा गोल गर्न सफल भुजन म्यान अफ दि म्याच घोषित हुनुभयो । उपाधि विजेता आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद रु दुई लाखको साथमा ट्रफी र मेडल प्राप्त गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

नेर्पा भुलभुले पुरुष फुटबल प्रतियोगिता–२०८१ : दोर्पा चिउरीडाँडाको विजयी यात्रा शुरु

#, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २२ माघ । नेर्पा स्पोर्टस् क्बलले नेर्पा खोटाङले आयोजना गरेको ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाले विजयी यात्रा शुरुवात् गरेको छ । नेर्पास्थित नेर्पा स्पोर्टस् क्लब नेर्पाको आफ्नै खेलमैदान संसारीडाँडामा आज (मङ्गलबार) दिउँसो भएको उद्घाटन खेलमा साकेला गाउँपालिका–५ मात्तिमलाई एक गोलका विरुद्ध चार गोल गर्दै दोर्पा चिउरीडाँडाले विजयी यात्रा शुरुवात् गरेको हो । निर्धारित समयको पहिलो हाफमा पेनाल्टीमार्फत एक गोल गर्दै अग्रता लिएको दोर्पाले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो । ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८०’को विजेता दोर्पा चिउरीडाँडासँगको खेलमा मात्तिमले दोस्रो हाफपछि एक गोलमात्र फर्काएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित वडा कार...

पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले पच्यो अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १४ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले आफ्नो बनाएको छ । गाउँपालिकाले आयोजना गरेको तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक विजयी भएपछि पृथ्वी माविले राष्ट्रपति रनिङ शिल्ड आफ्नो बनाएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०, पाँचौ संशोधन २०८० मा उल्लेख भएअनुसार लगातार तीन पटकसम्म रनिङ शिल्ड प्रतियोगितामा विजयी हुनेले सो रनिङ शिल्ड सधँैका लागि राख्न पाउने व्यवस्था छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो कराँते र तेक्वान्दोसहित २६ स्वर्ण, २१ रजत २५ कास्य पदक ल्याएर पृथ्वी मावि बाक्सिलाले उपाधि जितेको हो । यही माघ–११ गतेबाट शुरु भएको प्रतियोगितामा आठ स्वर्ण, तीन रजत, एक कास्य पदकसहित शुक्रजित मावि दोस्र...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल बोर्डिङ स्कूल दिक्तेललाई

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १४ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले जितेको छ । नगरपालिकाभित्र सञ्चालित २४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र १९ कास्य पदकसहित दिक्तेल बोर्डिङ स्कूल दिक्तेलले उपाधि जितेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल द्वितीय भएको छ । उसले दश स्वर्ण, दश रजत र ११ कास्य पदकसहित द्धितीय स्थान प्राप्त गरेको हो । चार दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा नौँ स्वर्ण, छ रजत र पाँच कास्य पदक सहित जनजागृति आवासीय विद्यालय सोल्मा तृतीय तथा पाँच स्वर्ण, चार रजत र दुई कास्य पदकसहित श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङ चौथो भएको छ ...

दिक्तेल रुपाकोट मझुवागढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुवात् गरेको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा नगरपालिकाभित्रका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा ९८ स्वर्ण, ९८ रजत र १२२ रजतगरी ३१८ पदकका लागि प्रतिस्पर्धा गराइने सहआयोजक जनजागृति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले जानकारी दिनुएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र, प्रत्येक विद्यामा विजयी विद्यालयलाई ट्रफी ...

दिक्तेल रुपाकोट मझुवागढीमा माघ–११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ–११ गतेबाट अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा नगरपालिकाभित्रका २४ माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाउने छन् । माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा ९८ स्वर्ण, ९८ रजत र १२२ रजतगरी ३१८ पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र, प्रत्येक विद्यामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा समग्रमा प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, मेडल र प्...

पिपलडाँडा देविस्थान माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ४ माघ । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचौँ  अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं. १० अर्खौलेमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित पाँचौँ संकरणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि मङ्गलटारले छ स्वर्ण, नौँ रजत र दुई कास्य पदकसहित प्रथम उपाधि जितेको हो । पाँचौँ संस्करणको राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेसँगै पिपलडाँडा देविस्थान मावि मङ्गलटारले रनिङ शिल्ड पच गरेको छ । लगातार तेस्रो र चौथो संस्करणको उपाधि जितेको पिपलडाँडा देविस्थान मावि मङ्गलटारले पाँचौँ संस्करणसमेत जितेपछि रनिङ शिल्ड पच गरेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयो । विभिन्न १५ विद्यामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि आयोजना गर...