बेल्टार बजार ब्यबस्थापनका लागि सरोकारवालासङ बजार ब्यबस्थापन तथा बिकास समितिको छलफल ।
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
चौदण्डीगढी नगरपालिकाले नगरको कार्यहरुलाई सहजीकरण गर्न केहीदिन अघि बनाएको समन्वय समितिहरुले आफ्नो कामलाई अगाडी बढाएको छ । यसैक्रममा बजार ब्यबस्थापन तथा बिकास समितिले आज एक कार्यक्रमको आयोजना गर्दै नगरका सरोकारवालाहरुसंग छलफल गरेको छ । बेल्टार बजारस्थित बेल्टार बसहा उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरको बेल्टार बजार, हडिया बजार, सिवाई बजार, शनिवारे बजार र बिरेन्द्र बजारको तत्कालिन र दिर्घकालिन बिकासको बारेमा छलफल गर्ने बताएका समितिका संयोजक बिकास बन्जराले आज मुख्यता बेल्टार बजारको बारेमा सरोकारवालाहरुसंग छलफल गरेका छन् ।
छलफलकाक्रममा बेल्टार बजारको बिकासका लागि नगरलाई जोड्न अन्तरपालिका र अन्तर जिल्ला सडक संजालको बिकास, बेल्टार बजारको मुख्य सडक र शाखा सडकहरुको मापदण्ड निर्धारण, वडा नम्बर ६ पुष्पलाल चौक स्थित दुर्घटनको कारण बन्न सक्ने प्रहरी विट र पुष्पलालको शालिकको उचित ब्यबस्थ...
