भारतको नोएडामा ३२ तले अनधिकृत भवन ९ सेकेन्डमै भत्काइयो
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
नयाँ दिल्ली — राजधानी नयाँ दिल्लीसँगै जोडिएको नोएडामा अनधिकृत रुपमा बनाइएको ३२ तले ट्विन टावरलाई आइतबार प्रशासनले ध्वस्त पारेको छ । १ सय ३ मिटर उचाइ भएका ३२ तलाका दुई अग्ला भवनलाई आधुनिक प्रवधिको प्रयोग गरेर ९ सेकेन्डमै पूर्ण रुपमा भत्काइएको छ ।
उक्त भवन नयाँ प्रविधिबाट सजिलै भत्काउँदाको दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार तासको पत्ता जस्तै गरी बहुतले भवन केही सेकेन्डमै धुलोमा परिणत भए ।
भारतीय समय अनुसार अपराह्न २ बजेर १५ मिनेटमा दुईवटै भवनमा बम विष्फोट गराइएको थियो । विष्फोट भएको ९ सेकेन्डमै दुवै भवन धुलोमा परिणत भएका थिए । भवन रहेको क्षेत्रको आकाश धुलोले ढाकिएको थियो । भवन माथिबाट तलपट्टि सिधा खसेको थियो । प्राविधिकहरूले त्यही अनुसार भवन भत्काउने तयारी गरेका थिए ।
उत्तर प्रदेशमा पर्ने नोएडाको ९३ सेक्टरमा सुपरटेक कम्पनीले अन...
