Monday, September 21

कोशी प्रदेश

साहित्यिक महोत्सव–२०८२ : पूर्व समन्वय समिति प्रमुख चाम्लिङ र कवि शर्मा सम्मानित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, साहित्य
खोटाङ, ४ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङ र अग्रज कवि कुन्ता शर्मा सम्मान गरेको छ । खेलकुद प्रतिष्ठानले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत साहित्यिक महोत्सव कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व जिसस प्रमुख चाम्लिङ र सुनसरीकी कवि शर्मालाई जनही रु ११ हजार १११ नगदसहित सम्मान गरेको हो । चाम्लिङलाई पूर्व कार्यक्रम संयोजक हुनुभएकाले र शर्मालाई नेपाली साहित्यिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेबापत सम्मान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । चाम्लिङलाई सहायक प्रमुख जिल्ला अधिकारी सागर साह र शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गर्नु...

महुरे–फोक्सिङटार सडक : शिलान्यास भएको ३१ वर्षपछि कालोपत्रको काम पुनः शुभारम्भ

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ४ जेठ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको काम शुभारम्म गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्नुभएको यो सडक कालोपत्रका लागि आइतबार मन्त्री दाहालले औपचारिकरुपमा शिलालेख अनावरण गर्दै कालोपत्रको काम शुभारम्भ गर्नुभएको हो । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ । आयोजना प्रमुख ज्ञवालीका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रा.लि. धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रा.लि. काठमाडौँले लिएको जनाइएको छ । दिव्यज्यो...

फोक्सिङटार पुलको विकल्पमा ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक बन्दै

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ४ जेठ । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम शुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पको रुपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम शुरु गरिएको हो । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोड २० लाखमा पूरा हुने सडक पहिलो चरणमा रु ४५ लाखबाट निर्माण शुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले वैकल्पिक सडकको शिलान्यास गर्नुभएको छ । गत असोज–१२ गते आएको भीषण बाढी बगाएको फोक्सिङटारको पुल पुनः निर्माण गर्न समय लाग्ने र धाप्लाङघाटको पुल चाँडै बन्ने भ...

महिलाको नेतृत्वमा हलेसी तुवाचुङ नगरपालिका : बेरुजु फछ्र्योटमा बन्यो जिल्ला प्रथम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २ वैशाख । जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकालाई नगरप्रमुख विमला राईले हाँकिरहनुुभएको छ । वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार एमालेका खडेन्द्र राईलाई पराजित गर्दै नेपाली काँग्रेसको तर्फबाट राई नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । स्थानीय तह कार्यान्यवनमा आएपछि पहिलो पटक वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख राई यही नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभएको थियो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यस नगरपालिकाको वर्तमान नगर उपप्रमुखमा नेपाली काँग्रेसकै रमेशकुमार राउत हुनुहुन्छ । एघार वडा रहेको यस हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयले गरेको सेवा प्रवाहको काम जनपक्षीय रहेको सबै क्षेत्रबाट प्रतिक्रिया आउने गरेको छ । हिन्दु, बौ...

तराई, पहाड र हिमाललाई जोडेर पर्यटकीय पदमार्ग बनाउन ‘ग्रेटर मुन्दुम ट्रेल’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, १ जेठ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को अन्वषण सम्पन्न गरेको छ । पूर्वी तराईमा पर्ने सप्तकोशीस्थित खुवालुङदेखि पहाडै पहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा)सम्म सहजरुपमा पैदल यात्रा गर्न सकिने छोटो दूरीको पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्रले ग्रेटर मुन्दुम ट्रेलको अन्वषण गरिएको हो । सप्तकोशीको चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल तथा सोलुखुम्बुको छेस्कामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने उद्देश्यले ग्रेटर मुन्दुम ट्रेलको अन्वषण गरिएको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले जानकारी दिनुभयो । “ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा...

जन्तेढुङ्गा बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १ जेठ । जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनासम्मका १५३ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ४८७ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएपछि जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर निरीक्षक सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ । खोप अभियानका क्रममा १६ महिनाभन्दा माथिका एकजना बच्चाले शुरुमा खोपकार्ड लिएर नियमित खोप लगाए पनि बीचमा छुटाएको पाइएकाले ती बच्चालाई समेत पूर्ण खोप उपलब्ध गराइएको जनाइएको छ । घोषणासभाको अवसरमा जिल्ला खोप समन...

राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा एभिएम क्लब ललितपुरको बर्चस्व

#, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, समाचार
खोटाङ, १ जेठ । दिक्तेलमा सम्पन्न खुला राष्ट्रिय टेवलटेनिस प्रतियोगितामा एभिएम टेबलटेनिस क्लब ललितपुरले बर्चस्व जमाएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सिनियर पुरुषतर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदाल च्याम्पियन बन्नुभएको छ । गदालले २५ हजार रुपैयाँ नगदसहितको पुरस्कार प्राप्त गर्नुभयो। बुधबार सम्पन्न प्रतियोगितामा रुपन्देहीका बुद्धिमान गुरुङले दोश्रो स्थान ओगट्दै १२ हजार पाँच सय र तृतीय हुने सुनसरीका सिदार्थ तामाङ र एभिएम टेवलटेनिस क्लब ललितपुरका प्रजिल भट्टराईले जनही छ हजार दुई सय पचाससहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नुभएको छ । यस्तै, जुनियर महिलातर्फ एभिएम टेबलटेनिस क्लब ललितपुरकै साइरा शाक्य प्रथम बन्नुभयो। शाक्यले दश हजार रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।प्रतियोगितामा सोही क्लबकी अर्सना महर्जन दोश्रो ब...

रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने जग्गादाताको चेतावनी

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३० वैशाख । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने चेतावनी दिएका छन् । रावा ईनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सझौताअनुसार मुआब्जा नदिएको भन्दै स्थानीय जग्गादाताले मङ्गलबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादित तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत आयोजना गत चैतमा समेत बन्द गराएका थिए । मुआब्जा विवाद प्रकरणको विषयलाई लिएर स्थानीयवासीले जलविद्युत आयोजना नै बन्द गराएपछि दुवै पक्षलाई गाउँपालिका प्रमुख समिर राईले कार्यालयमा झिकाएर सहमतिको प्रयास गर्नुभएको थियो । गाउँपालिका प्रमुखको कार्यकक्षमा गरिएको सम्झौताअनुसार हाईड्रोपावर कम्पनीले जग्गादातालाई क्षतिपूर्ति नद...

दिक्तेलमा पुस दोस्रो साता ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गरिने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २९ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५’ आयोजना गर्ने भएको छ । कोशी प्रदेश सरकारले प्रदेश पर्यटन वर्ष मनाउन गइरहेकाले प्रदेशको कार्ययोजना सफल बनाउँदै पर्यापर्यटनमा टेवा पु¥याउनका लागि ‘जैविक विविधता ः रेड पान्डा र थार–संरक्षण संवद्र्धन, समृद्धिको आधार’ भन्ने नाराका साथ दिक्तेल बजारमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको हो । तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागि गत चैत–२५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय र विज्ञहरूसँगको सल्लाहको आधारमा सम्मेलन गर्न लागिएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “जलवायु परिवर्तनसँगै मानव तथा प्राणीको अस्तित्वलाई सुरक्षित राख्न, जैविक विविधताको संरक्षण गर्न, हरियाली प्रवद...

साकेला उँभौली चाड : चुल्हा तथा भूमि पूजा गर्दै ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार
खोटाङ, २९ वैशाख । किरात समुदायको प्रमुख अर्थात् महान चाड साकेला (उँभौली) आज (सोमबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उँभौली) चाड मनाउने चलन छ । साकेला उँभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । माँझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदान–प्रदानसहित महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गरिएको छ । साकेला उँभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उँभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिए...