हलेसीमा मृत शवको आफन्त पत्ता लागेन
फागुन–१६, खोटाङको हलेसी मन्दिर परिसरमा भेटिएको बेवारिसे शवको आफन्त पत्ता लाग्न सकेको छैन । हलेसी तुवाचुङ नगरपालिका–७ स्थित हलेसी मन्दिर परिसरमा दुई बर्ष अघिदेखि माग्दै जीविकोपार्जन गर्दै आएका अन्दाजी ६०–६५ बर्षका पेम्बा शेर्पा भनिने ब्यक्ति बिहिबार मृत अवस्थामा फेला परेका हुन् ।
सोलुखम्बु जिल्ला ठेगाना बताउने ब्यक्ति बिहिबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले उल्लेख गरेको छ । दिनको अन्दाजी साढे तीन बजे फेला परेको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङको सब गृहमा राखिएको प्रहरी कार्यालयले जनाएको छ । हालसम्म पनि आफन्त पत्ता लाग्न नसकेको मृतकलाई कोहीे चिने–जानेका ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय तथा नीजको आफन्तसम्म खबर पु¥र्यादिन प्रहरीले आग्रह गरेको छ ।
गहुँगोरो बर्ण भएको मृतकले हरियो रंगको टोपी, कालो रंगको ज्याकेट, रातो रंङको टिसर्ट, सेतोमा कालो धर्का भएको ट...
