बेसाहारा बनेकी ७२ वर्षीया वृद्धा र एक महिलाको उद्दार
खोटाङ, २० माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेसाहारा बनेकी एक बृद्दा र एक महिलाको उद्दार गरी मानब सेवा आश्रम बिराटनगर पठाएको छ । नगरपालिकाले वडा नम्बर ४ खाल्लेकी ७२ बर्षीया टीकामायाँ सार्की र वडा नम्बर १४ बुइपाकी ५१ बर्षीया मनमायाँ फुयाँललाई उद्दार गरी उपचार र सुरक्षित आश्रयको लागि बिराटनगर पठाएको हो ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल खोटाङको सहयोग तथा सहकार्यमा उद्दार गरी शनिबार बिहान जीपमार्फत बिराटनगर पठाईएको हो ।
टीकामायाँ एक छोरीको संरक्षणमा बस्दैआउनुभएकी थिईन । बृद्दा टीकामायाँ बिरामी परेकी कारण एक महिना अगाडीदेखि जिल्ला अस्पताल खोटाङमा उपचाररत रहनुभएको थियो । आमा टीकामायाँको उपचारकै अवधीमा घरमा छोरीको अचानक निधन भएको थियो । टीकामायाँलाई अस्पतालले डिस्चार्ज दिईसकेको भए पनि छोरीको निधनपछि आफन्तबिहिन बनेपछि अस्पतालले नै अभिभाबकत्व ग्रहण गरी संरक्षण दिईरह...
