ऐसेलुखर्क गाउँपालिकाको वार्षिक बजेट रु ४९ करोड ७० लाख ९३ हजार
खोटाङ, १० असार । ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ४९ करोड ७० लाख ९३ हजार ८८ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा मङ्गलबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख राजेश राजभण्डारीले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँसभामा वित्तीय समानीकरणतर्फ रु आठ करोड २३ लाख, सशर्त अनुदान चालुतर्फ रु २३ करोड २४ लाख, सशर्त अनुदान पूँजीतर्फ रु ८८ लाख, समपुरक अनुदानतर्फ रु एक करोड ४० लाख, विशेष अनुदानतर्फ रु चार करोड १५ लाख बजेट प्रस्तुत गरिएको छ । प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षका लागि रु दुई करोड ७३ लाख ९९ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख राजभण्डारीले जानकारी दिनुभएको छ ।
प्रदेश वित्तीय समानिकरण अनुदानतर्फ रु ७१ लाख पाँच हजार, सशर्त अनुदान रु ४७ लाख ९४ हजार, सशर्त अनुदान पूँजी रु १५ लाख, समपुरक अनुदानमा रु एक करोड ४० लाख र गत वर्षको मौज...
