Friday, July 31

राजनीति

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : बजेटमा समावेश, यसै वर्ष ठेक्का आव्हान

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना : बजेटमा समावेश, यसै वर्ष ठेक्का आव्हान

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १५ जेठ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले जेठ–१५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ–१५ गते प्रस्तुत गर्नुभएको बजेटमा समावेश गर्नुभएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका लागि यसै आर्थिक वर्ष ठेक्का आव्हान गरेर आयोजनाको काम अगाडि बढाउने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणमार्फत जानकारी दिनुभएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने रभुँ...
जसपाका केन्द्रीय सदस्य राकेश राई र प्रदेश सदस्य गुरुराज राई श्रम संस्कृति पार्टी प्रवेश

जसपाका केन्द्रीय सदस्य राकेश राई र प्रदेश सदस्य गुरुराज राई श्रम संस्कृति पार्टी प्रवेश

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका उम्मेद्वार राकेश राई र प्रदेश समिति सदस्य एवम् खोटाङ जिल्लाका कार्यवाहक पार्टी अध्यक्ष तथा केपिलासगढी गाउँपालिकाका निर्वाचित उपप्रमुख गुरुराज राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । अशोक राई नेतृत्वको जसपाका केन्द्रीय सदस्य राकेश र प्रदेश सदस्य एवम् कार्यवाहक जिल्ला अध्यक्ष गुरुराज बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नुभएको हो । नवप्रवेशी नेताद्धयलाई पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’, उपाध्यक्ष देवराज लामा, महासचिव एवम् खोटाङका प्रतिनिधिसभा सदस्य आरेन राई, उपमहासचिव समीर तामाङ, विदेश विभाग प्रमुख तेज राई लगायतले स्वागत गर्नुभएको छ । नेपालमा अबको राजनीतिक निकास श्रम संस्कृति पार्टीले मात्रै द...
खोटाङमा पनि लागू भयो सेवाग्राहीको घरमै लगेर राहदानी वितरण गर्ने सरकारको निर्णय

खोटाङमा पनि लागू भयो सेवाग्राहीको घरमै लगेर राहदानी वितरण गर्ने सरकारको निर्णय

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १२ जेठ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पु¥याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ । सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत उनीहरुको घरमै पु¥याएर वितरण गर्न नेपाल सरकारले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले सोमबार जिल्ला हुलाक कार्यालयलाई राहदानी जिम्मा दिएको हो । गत वैशाख–१५ गतेपछि आवेदन दिएका १५७ जना सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घर–घरमा पु¥याउन हुलाक कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका राहदानी शाखा प्रमुख दिनेश आचार्यले जानकारी दिनुभएको छ । “राहदानीका लागि सेवाग्राहीको बायोमेट्रिक्स प्रणालीमार्फत विवरण सङ्कलन गरेर विभाग पठाउँछौँ । त्यहाँबाट छापिएर आएपछि रुजु गरेर हुलाकलाई जिम्मा दिन्छौँ”, उहाँले भन्नुभयो, “प्रशासन कार्यालयले जिम्मा दिएको राहदानी हुलाक कार्यालयले सेवाग्राहीको घर–घर...
प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

#, अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ११ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको छ । करिब रु पाँच करोड लगानीमा स्थापना गरिएको उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते तामझामका साथ उद्घाटन गर्नुभएको थियो । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले वि.सं. २०७६ असार–१ मा शिलान्यास गर्नुभएको उद्योगमा नेपाल सरकार, अर्थमन्त्रालयको विशेष अनुदानवापत रु तीन करोड ३२ लाख तथा नगरपालिकाको रु एक करोड ५६ लाख लगानी गरिएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक प्राङ्गारिक मल उद्...
श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम नछुङ चयन

श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम नछुङ चयन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १० जेठ । श्रम संस्कृति पार्टी खोटाङको अध्यक्षमा धनीराम राई ‘नछुङ’ चयन हुनुभएको छ । पार्टीका संस्थापक जिल्ला अध्यक्ष प्रताप राई प्रदेश समिति अध्यक्षमा चयन हुनुभएपछि रिक्त रहेको अध्यक्ष पदमा नछुङ चयन हुनुभएको हो । श्रम संस्कृति पार्टी खोटाङको आइतबार दिक्तेलमा बसेको बैठकले यसअघि जिल्ला सचिव रहनुभएका नछुङलाई अध्यक्षमा चयन गरिएको प्रदेश अध्यक्ष राईले जानकारी दिनुभएको छ । जिल्ला कार्यसमितिको पूर्ण बैठकले अध्यक्षमा नछुङ चयन भएपछि रिक्त बनेको सचिव पदमा समेत भूमिनन्द राईलाई नियुक्त गरेको छ । नवनिर्वाचित जिल्ला अध्यक्ष नछुङ जनता समाजवादी पार्टी नेपाल (जसपा) खोटाङको उपाध्यक्ष पद परित्याग गरेर वि.सं. २०८२ मङ्सिर–२ गते श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको थियो । जसपा नेपालमा हुँदा पहिलो स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडाध्यक्षमा पराजित हुनुभएका नछु...
केपिलासगढीमा ‘हनी हन्टिङ’ महोत्सव : भीर मौरीको मह सिकार गरेको हेर्नेको भीड

केपिलासगढीमा ‘हनी हन्टिङ’ महोत्सव : भीर मौरीको मह सिकार गरेको हेर्नेको भीड

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ जेठ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार ‘हनी हन्टिङ’ महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले हनी हन्टिङ महोत्सवको आयोजना गरिएको हो । महोत्सवको प्रमुख आकर्षण केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राई ‘युनिक साम्पाङ’ले जानकारी दिनुभएको छ । स्थानीय स्रोत तथा सामग्री प्रयोग गरेर गरिने भीर मौरीको मह सिकार हेर्न जिल्लाभित्रका सबै स्थानीय तह तथा छिमेकी जिल्लाहरु भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगर लगायतका स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ । तेरावामा तीन दिनसम्म सञ्चालन हुने महोत्...
किरात उद्गमस्थल तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

किरात उद्गमस्थल तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, संगीत, समाचार, समाज
खोटाङ, ८ जेठ । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजासहित बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा नछुङ (धामी)मार्फत मुन्दुमी प्रक्रियाअनुसार तीन चुल्हाको पूजाआजा गरेपछि बृहत् साकेला सिली प्रदर्शन गरिएको हो । चुल्हा पूजा तथा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रममा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर लगायत विभिन्न जिल्लाका किरात राई समुदाय भेला भएको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिनुभएको छ । “तुवाचुङ–जायजुम किरात समुदायको उद्गमस्थल हो । यहाँ हरेक वर्ष चुल्हा पूजा तथा बृहत् साकेला सिली प्रदर्शन गर्ने प्रचलन छ”, उहाँले भन्नुभयो, “ऐतिहासिकस्थल तुवाचुङ–जायजुमको स्तरोन्नतिले पर्यटकसमेत आकर्षित हुन थालेका छन् । यसलाई संरक्षण गर्दै...
अस्पतालचोक हुँदै साकेला गाउँपालिका जोड्ने सडकको काम अघि बढाउने सहमति

अस्पतालचोक हुँदै साकेला गाउँपालिका जोड्ने सडकको काम अघि बढाउने सहमति

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ५ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अस्पतालचोक–लफ्याङ हुँदै साकेला गाउँपालिका जोड्ने सडक पिच (कालोपत्र)को काम तत्काल अघि बढाउने द्धिपक्षीय सहमति भएको छ । पोलिष्टर–महापोखरी जेभीले पिचको काम नगरेको भन्दै लफ्याङका स्थानीयवासी मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेलिगेशन गएपछि ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीयबीच पिचको काम तत्काल अघि बढाउने सहमति भएको हो । नगरपालिकामा भएको छलफलका क्रममा सडक पिचको ठेक्का पारेको जेभीकातर्फबाट कृष्ण घिमिरले यही जेठ–८ गतेभित्र निर्माणस्थलमा आवश्यक पर्ने मेशिनरी औजार, पिचका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी, बालुवा, सिमेन्ट, जनशक्ति जुटाएर काम सुरु प्रतिवद्धता जनाउनुभएको छ । नगरप्रमुख तीर्थराज भट्टराईको कार्यकक्षमा भएको भेलाले जेठ–१५ गतेभित्र सडकको अनुगमन गर्दा सडक निर्माण कार्य तोकिएको समयमा द्रुत गतिको देखिने कार्य प्रग...
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन : ऐसेलुखर्क गाउँपालिकामा सबैभन्दा कम बेरुजु

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन : ऐसेलुखर्क गाउँपालिकामा सबैभन्दा कम बेरुजु

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ५ जेठ । महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार खोटाङको ऐसेलुखर्क गाउँपालिका यस वर्ष जिल्लाकै सबैभन्दा कम बेरुजु कायम गर्ने स्थानीय तह बनेको छ । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु कायम गर्दै यो वर्ष ऐसेलुखर्क गाउँपालिका पहिलो स्थानमा पुगेको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०८३ अनुसार ऐसेलुखर्क गाउँपालिकाको बेरुजु शून्य दशमलव ४४ प्रतिशत देखिएको छ । महालेखापरीक्षकको तथ्याङ्कअनुसार ऐसेलुखर्क गाउँपालिकाले रु ११ करोड २५ लाखभन्दा बढी रकमको लेखापरीक्षण गराउँदा करिब ५० लाखमात्र बेरुजु देखिएको हो । न्यून बेरुजु कायम हुनुमा वित्तीय अनुशासन, पारदर्शिता र योजनाबद्ध खर्च व्यवस्थापनको परिणाम भएको लेखा शाखा प्रमुख पङ्कज आचार्यले बताउनुभएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले पारदर्शी प्रशासन, नियमित अनुगमन र कानूनी प्रक्रिया पा...
क्रियाशील पत्रकारलाई ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम

क्रियाशील पत्रकारलाई ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, ५ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरुलाई सहभागी गराएर ‘खोजपत्रकारिता एवम् मल्टिमिडिया’ सम्बन्धी पाँच दिने तालिम सुरु गरेको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पत्रकार महासङ्घ खोटाङले आज (मङ्गलबार)देखि जेठ–९ गतेसम्म पाँच दिने पत्रकारिता तालिमको आयोजना गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको आयोजक पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले जानकारी दिनुभएको छ । “हामी पत्रकारहरु औपचारिकतामा सीमित भयौँ । समाजमा लुकेर रहेका धेरै विषयवस्तुहरु हामीले उजागर गर्नुछ”, उहाँले भन्नुभयो, “जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरेका हौँ । यो तालिमले आवाजविहीनहरुको आवाज बु...