खानीडाँडा–याम्खा–रातमाटा–पञ्चमी–थामर्खक सडकमा अस्फाल्ट पिचको काम सुरु
खोटाङ, ४ जेठ । खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक अस्फाल्ट पिचको काम सुरु गरिएको छ । सङ्घीय सरकारको ५० प्रतिशत र कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० प्रतिशत गरी बहुवर्षीय योजनाअन्तरगत विनियोजन भएको रु ३० करोड बजेटमा यो सडकमा अस्फाल्ट पिचकोे काम सुरु गरिएको हो ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आव्हान गरिएकामा ठेकेदार कम्पनी पवित्रा–गाउँले जेभी उदयपुर गाईघाटले रु १७ करोड ४४ लाख दश हजार बजेटमा सम्झौता गरेर सडक निर्माणसहित अस्फाल्ट पिचकोे काम सुरु गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले दुई वर्ष ११ महिनाभित्र यो सडक निर्माणसहित अस्फाल्ट पिचको काम सम्पन्न गरेर कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ ।
पूर्वाध...









