Friday, July 31

समाज

बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो

बालाबेँसी हेलिकोप्टर दुर्घटना : चालकको चलाखीले ठूलो क्षति हुनबाट जोगियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ४ चैत । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा एयर डाइनेष्टी कम्पनीको हेलिकोप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाटपाँच जना यात्रु लिएर आज (बुधबार) मध्यान्ह १२ बजेर दुई मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकोप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो । चालकसहित छ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । दुर्घटनामा पर्नुभएका काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट मध्यान्ह १२ः ३...
मृत्यु संस्कार गर्न खाेटाङ आउने यात्रु चढेकाे हेलिकाेप्टर बालाबेँसीमा दुर्घटना

मृत्यु संस्कार गर्न खाेटाङ आउने यात्रु चढेकाे हेलिकाेप्टर बालाबेँसीमा दुर्घटना

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खाेटाङ, ४ चैत । काठमाडौँबाट मृत्युु संस्कारका लागि खाेटाङ आउने यात्रु लिएर आएकाे हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेँसीस्थित डाकमणि राईकाे घरमा आएकाे हेलिकोप्टर बुधबार मध्यान्ह दुर्घटनामा परेको हो । काठमाडौँबाट पाँच जना यात्रु लिएर आएको ‘नाइन एन-एएफक्यु` हेलिकप्टर अवतरण गर्नेक्रममा दुर्घटनामा परेको खाेटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएकाे छ । हेलिकप्टर दुर्घटनामा मानवीय क्षति नभएको स्थानीयले बताएका छन् । चालकसहित छ जना सवार हेलिकप्टर बारीको डिलमा अवतरण गरेपछि उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको केपिलासगढी गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ । बालाबेँसीमा भएकाे हेलिकप्टर दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा अनुसन्धान गर्न प्रहरी टाेली परिचालन गरिएको जिल्ला प...
हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो, करोडौँको क्षति

हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो, करोडौँको क्षति

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३ चैत । गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८ः०० बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयवासीको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो । हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित छोर्तिपास्थित एउटै टोलका १५ घरको छाना उडाएको जानकारी आएको छ । हावाहुरीले सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङका स्थानीयवासीको २५ घरको छाना उडाएको जानकारी प्राप्त भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिकाकै वडा नं.–८ धितुङका छविलाला सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीको घरको छानो हावाहुरीले उडाएको बताइएको छ । हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित वडा कार्यालयबाट जनप्रतिनिधिसहितको टोली परिचालन ...
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वर्ष खोटाङका दुई हजार ८५७ जना विद्यार्थी सहभागी हुने भएका छन् । साधारणधारको नियमितमा दुई हजार ४५१ जना, साधारणधारकै ग्रेडवृद्धितर्फ २४८ जना, प्राविधिकधारको नियमितमा १५५ जना र प्राविधिकधारकै ग्रेडवृद्धितर्फ तीन जना विद्यार्थी सहभागी हुने भएका हुन् । एसइई परीक्षा सञ्चान गर्न जिल्लामा २० वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका तीर्थ विश्वकर्माले जानकारी दिनुभएको छ । “यस वर्षको एसइई परीक्षा यही चैत–१९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदै छ । परीक्षाका लागि केन्द्र निर्धारण गरेर प्रश्नपत्रसमेत ल्याइसकिएको छ”, उहाँले भन्नुभयो, “हरेक दिन बिहान ८ः०० बजेबाट सुरु हुने एसइई परीक्षामा जिल्लाका ९८ वटा सामुदायिक तथा छवटा निजी माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । देशभर एकैसाथ सञ्चालन हुने एसइई परीक्षाको तयारी जिल्लामा समेत ...
खोटाङमा खाना पकाउने ग्याँसको अभाव छैन : उद्योग वाणिज्य सङ्घ

खोटाङमा खाना पकाउने ग्याँसको अभाव छैन : उद्योग वाणिज्य सङ्घ

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
–रामधन राई खोटाङ, ३० फागुन । देशभर खाना पकाउन प्रयोग गरिने ग्याँस अभाव भएको हल्ला चलिरहेको बेला खोटाङमा भने अभाव नरहेको बताइएको छ । इरान र अमेरिकाबीच जारी युद्धका कारण बाहिरबाट ग्याँस नआएपनि जिल्लामा भने अभाव नभएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रिजालको लगायतका ग्याँस सिलिण्डरहरु हालसम्म प्रयाप्त रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । “कम्पनीहरुले नपठाएका कारण जिल्लामा केही दिन अघिदेखि नोबेल ग्याँस भने पर्याप्त मात्रामा थिएन । कटारीबाट ३०० वटा पठाएकाले तत्कालका लागि नोबेल ग्याँस पनि अभाव हुँदैन”, उहाँले भन्नुभयो, “अहिले हरेक उपभोक्ताले आफ्नो घरमा दुई–तीन वटासम्म ग्याँस सिलिण्डर खरिद गरेर भण्डारणगरी राखेका छन् । इरान र अमेरिकामा चलिरहेको युद्ध लामो समयसम्म जारी रहेको खण्डमा भने जिल्ला...
कोरिया पठाउने बहानामा गोरखाका सुजनबाट खोटाङकी अनुशा ठगीमा

कोरिया पठाउने बहानामा गोरखाका सुजनबाट खोटाङकी अनुशा ठगीमा

#, अर्थ, कोशी प्रदेश, गण्डकी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २७ फागुन । गोरखा नगरपालिका–७ गोरखाका सुजन उपरकोटीले कोरिया पठाउने बहानामा खोटाङकी अनुशा तामाङलाई रु एक लाख ठगी गरेको पाइएको छ । धार्मिक सेमीनारका लागि भिजिट भिषा (भ्रमण प्रवेशाज्ञा)मा कोरिया पठाउने बहनामा सुजनले केपिलासगढी गाउँपालिका–४ बाक्सिला पुर्खौली थलो भइ हाल धरान उपमहानगरपालिका–१५ बस्दै आउनुभएकी अनुशालाई ठगी गरेको पाइएको हो । अनुशाबाट अनुशाले कोरिया पठाइदिने भन्दै गत साउनमा बैङ्किङ कारोबारमार्फत रु एक लाख लिएको प्रमाण प्राप्त भएको छ । हाल मनमैजु बस्दैआएका सुजनले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर, कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको अनुशाले गुनासो गर्नुभएको छ । कोरिया जान तत्काल रु एक लाख जम्मा गर्न भनेपछि अनुशाले ऋण खोजेर सुजनको खातामा क्यूआर गरिदिएको पाइएको छ । कोरिया पुग्ने सपनामा अनुशाले सुजनलाई गत साउन–१४ गते रु ५० हजार र साउन–१९ गत...
प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ । आफ्नो जमानत जोगाउन प्रत्येक सम्मेदवारले कम्तिमा पनि पाँच हजार ८६३ मत प्राप्त गर्नुपर्ने थियो । तर, ११ जना उम्मेदवारले त्यो मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा यही फागुन–२१ गते सम्पन्न निर्वाचनमा ६२ हजार ५६६  मत खसेको थियो । जिल्लाका दश स्थानीय तहको १३६ वटा मतदान केन्द्रमा खसेको मतमध्ये ५८ हजार ६३८ मत सदर भएको छ भने, तीन हजार ९२८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । निर्वाचन कानून अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको दश प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । उम्मेदवारले आफ्नो नाम दर्ता गर्दा मुख्य निर्व...
आरेन राईको राजनीतिक यात्रा : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सङ्घीय सांसदसम्म

आरेन राईको राजनीतिक यात्रा : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सङ्घीय सांसदसम्म

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २४ फागुन । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका एकराज र चन्द्रकला राईका कान्छो सन्तानका रुपमा वि.सं. २०५३ असोज–८ गते जन्मनुभएका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहनुभएका २९ वर्षीय आरेन यही फागुन–२१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युष्टि पार्टी (एमाले) खोटाङका अध्यक्ष देवबिक्रम राईलाई तीन हजार ८९८ मतले पछाडि पार्दै निर्वाचित हुनुभएको हो । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी (एमएनओ)का सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी निर्माणमा जुट्नुभएका महासचिव आरेनले यो निर्वाचनमा १६ हजार ६१२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वि.सं. २०८० सालमा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी परित्याग गरेर श्रम संस्कृति पार्टी निर्माणमा जुट्...
श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

#, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २४ फागुन । श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवबिक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै केपिलासगढी गाउँपालिका-१ फेदीस्थित सुङ्देका आरेन निर्वाचित हुनुभएकाे हाे । आरेनले १६ हजार ६१२ मत पाउँदा देवबिक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भर्खरै उदाएको श्रम संस्कृति पार्टीले पुराना दललाई पछाडि पार्दै फराकिलाे मतान्तरले जित हासिल गरेको हो । नेपाली काङ्ग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि रोकाले नाैँ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले पाँच हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का रा...
खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि

खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खाेटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे छ । अपरान्ह ४:०० बजेसम्म सम्पन्न भएकाे २८,८२२ मत गणनामा आरेनले सात हजार १२२ मतसहित सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे हाे । केपिलासगढी गाउँपालिका-१ फेदी निवासी उम्मेदवार आरेनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले पछ्याइ राख्नुभएकाे छ । देवबिक्रमले पाँच हजार ८४५ प्रप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । यसअघिसम्म दाेस्राे स्थानमा रहेकाे नेपाली काँग्रेसका वीरकाजी राईले पाच हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाले चार हजार ५८४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले दुई हजार ५५५, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले १५६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ९१, जनता समा...