फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आयो, बङ्शिलाघाटमा धमाधम जडान हुँदै
खोटाङ, २७ पुस । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज आज (आइतबार)बाट सञ्चालनमा आएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान भएपछि विगत छ महिनादेखि अवरुद्ध पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकमा सिधा यातायात सुरु भएको छ ।
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्न...









