हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम
खोटाङ, २८ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ । ‘बदाम खेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदाम खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको हो ।
न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । “हाम्रो नगरपालिकामा यो वर्ष तीन हजार १२८ मुरी अर्थात् ९३ दशमलव ८४ मेट्रिकटन बदाम उत्पादन भएको छ । बदाम खेतीलाई प्रवद्र्धन गर्न किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “प्रोत्साहन रकम पाउनका लागि किसानले निवेदन दिनुपर्ने हुन्छ । निवेदनको आधारमा कृषि शाखाका कर्मचारी गएर मूल...









