Friday, September 18

समाचार

बाँसजन्य उद्योग स्थापनार्थ छलफल गर्न नगर उपप्रमुखको संयोजकत्वमा वार्ता टोली

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ११ साउन । बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्ता टोली गठन गरेको छ । खेर गइरहेका बाँसलाई प्रयोगमा ल्याएर उद्योग स्थापना गर्दै आर्थिक आम्दानी लिने नीति निर्माणका लागि दबाब दिन नगरप्रमुख तीर्थराज भट्टराई भोक हड्तालमा उत्रिनुभएपछि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको आव्हानमा नगर उपप्रमुख विशन राईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । नगर कार्यपालिकाको साउन–१० गते बसेको बैठकले नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभएको छ । वार्ता टोलीको सदस्यमा पूर्व वन सचिव डा. अन्नपूर्ण दास, वडाध्यक्ष दिनेश घिमिरे, दानबहादुर राई, दिनेश राई, बाँसविज्ञ प्रणव प्रधान र एकजना कानूनविज्ञलाई चयन गरिएको छ । मन्त्रालयले छलफलका लागि साउन–८ गते औपच...

फोक्सिङटारको पुल बाढीले बगाएपछि सामान ढुवानी गर्न घिर्नी जडान

अर्थ, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ९ साउन । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानीका लागि घिर्नी जडान गरिएको छ । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल गत वर्षको असोज–१२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलिब्रिज जडान गरिएको थियो । फोक्सिङटारमा गत पुस–२७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज नदीमा पानीको बहाव बढेपछि जेठको पहिलो हप्ता झिकियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै अस्थायी बेलिब्रिजसमेत झिकिएपछि विकल्पको रुपमा घिर्नी जडान गरिएको हो । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीका ठेकेदार महेश रेग्मीले ज...

ट्राफिक प्रहरीले सङ्कलन ग¥यो एक वर्षमा रु ४९ लाख ३१ हजार ५०० राजस्व

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१÷८२ मा सवारी कारबाहीबाट रु ४९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको छ । गत वर्षको साउन–१ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७४७ वटा सवारी साधन कारबाहीमा पर्दा उक्त राजस्व रकम सङ्कलन भएको हो । जिल्लामा सञ्चालित तीन हजार ११५ वटा कार, जिप तथा भ्यानलाई कारबाही गर्दा रु ३६ लाख ७७ हजार, एक हजार ३४६ वटा मोटरसाईकलबाट रु ११ लाख ५६ हजार ५००, ५७७ वटा ट्रकबाट रु पाँच लाख २० हजार, १३६ वटा बसबाट रु एक लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पितम राईले जानकारी दिनुभएको छ । यस्तै, ९८ वटा ट्रिपरबाट रु ८६ हजार ५००, ३५७ ट्याक्टरबाट रु दुई लाख ८२ हजार, ११७ वटा टेम्पो कारबाहीबाट रु एक लाख पाँच हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ । ट...

पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस : शालिकमा माल्यार्पण गर्दै खोटाङमा मनाइयो श्रेष्ठको स्मृति दिवस

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवम् लोकतान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस आज (बुधबार) देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनहरुले विभिन्न कार्यक्रमका साथ श्रेष्ठको ४७ स्मृति दिवस मनाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आयोजना गरेको कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताले दिक्तेलस्थित भवन गैरामा रहेको श्रेष्ठको शालिकमा माल्यार्पण गरेर दिवस मनाएका छन् । एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठले पु¥याउनुभएको योगदानका बारेमा चर्चासमेत गरिएको छ । वि. सं. २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको व...

‘मलाई बचाउनु दाइ’ भनेर दाजुलाई म्यासेज लेखेका हरिप्रसाद पाँच दिनदेखि सम्पर्कविहीन

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, प्रवास, समाचार, समाज
खोटाङ, ६ साउन । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन हुनुभएको हो । सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहनुभएका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ । “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक)लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरु सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ । काठमाडौँको स...

त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला : अधिकांश दर्शनार्थी भारतीय नागरिक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, ५ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आज (सोमबार)बाट शुरु भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । बोलबमको अवसर पारेर हलेसीमा लगाइएको महिनादिने मेला भर्न आएका गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामुहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदल यात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् । मेलाको पहिलो दिन (आज) १२ हजार ४७५ जना दर्शनार्थी तथा भक्तजनले हलेसी मन्दिरको दर्शन गरेको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभएको छ । “हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन् । उनीहरुमध्ये अधिकांशले आफ्नै सवारी साधन प्रयोग गरेर आउने गगरेका छन्...

वाईसिएल नेपाल खोटाङको दुई महिने श्रमदान अभियान शुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङले दुई महिने श्रमदान अभियान शुरु गरेको छ । वाईसिएल नेपाल केन्द्रीय कार्यसमितिको निर्णयअनुसार ७७ वटै जिल्लामा बिहीबारदेखि औपचारिक रुपमा श्रमदान अभियान शुरु गरिएको हो । युवा पुस्तालाई श्रमसँग जोडेर उत्पादनलाई जोड दिँदै स्वरोजगार बनाउने उद्देश्यसहित शुरुवात गरिएको श्रमदान अभियानको पहिलो दिन दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा वृक्षरोपण, फूलका बिरुवा वितरण तथा सरसफाइ गरिएको वाईसिएल खोटाङका अध्यक्ष भूपेन्द्र किरातीले जानकारी दिनुभएको छ । क्याम्पस परिसरमा आयोजना ‘श्रम तथा उत्पादनमा वाईसिएल’ नारासहित शुरुवात गरिएको दुई महिने श्रमदा अभियानको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएको छ । अभियानमा मातृ पार्टी मा...

दिक्तेलको हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ–२० गते बसेको मन्त्री परिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फायल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगर लगायतका जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ । भाडाको घरमा स्थापना गरिएको कार्यालय कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन...

शहीद कार्की दम्पतीको २४ औँँ स्मृति दिवस विविध कार्यक्रमसहित मनाइयो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ३१ असार । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पतीको हत्या भएको २४ वर्ष पूरा भएको छ । वि.सं. २०५९ असार–३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीले शहीद कार्की दम्पतीलाई गिरफ्तार गरेर गोली हानी हत्या गरेको हो । घटनाका प्रत्यक्षदर्शी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुका अनुसार तत्कालीन शाही सेनाले खोटाङको सिम्पानीबाट दिलकाजी कार्की ‘अर्जुन’लाई गिरफ्तार गरी टुवाखोलामा लगेर हत्या गरेको जनाइएको छ । नेताहरुका अनुसार शहीद दिलकाजीसँगै गिरफ्तारमा पर्नुभएकी उहाँकी श्रीमती इन्दिरा कार्की ‘हिमाली’को समेत सोही ठाउँमा सेनाले गोली हानी हत्या गरेको हो । जनयुद्धमा शहादत प्राप्त गर्नुभएका शहीद दिलकाजीलाई खोटाङमा माओवादी जनयुद्धको अभिभावक मान्ने गरिएको छ । राजनीतिक चेत, तीक्ष्ण दिमाग तथा हक्की स्वभावका शहीद दिलकाजीको अल्पायुमै राज्यको तर्फबाट हत्या हुनुले सिङ्गो पार्टी तथा जिल...

मोबाइल चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर २५ वर्षीया महिलाको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, ३१ असार । बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर आफ्नै घरमा चार्ज गरिराखेको मोबाइल फोन चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर गम्भीर घाइते बन्नुभएकी इन्द्राको गएराति नै मृत्यु भएको हो । करेन्ट लाग्ने बित्तिकै बेहोस बन्नुभएकी इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै घटनास्थलमै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिनुभएको छ । “राति पानी परिरहेको थियो । नजिकमा एम्बुलेन्स थिएन”, उहाँले भन्नुभयो, “एम्बुलेन्स खोज्दाखोज्दै करिब दश बजेतिर इन्द्राको मृत्यु भयो । करेन्ट लागेर इन्द्राको मृत्यु भएलगत्तै प्रहरीलाई खबर गरेर घटनास्थल सुरक्षित राखेका छौँ ।” घटनाको बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक...