Thursday, July 30

शिक्षा

जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत

जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ३० जेठ । जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन जना कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत हुनुभएको हो । पुरस्कृत हुने कर्मचारी तथा कार्यालय सहयोगीलाई जनही नगद रु दश÷दश हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिनुभएको छ । गाउँपालिकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर माध्यमिक परीक्षा (एसइई) उत्तीर्ण गर्ने छात्रछात्रासहित पाँच विद्यार्थीलाई समेत पुरस्कृत गरेको छ । गत वर्ष सम्पन्न एसइईमा ३.५१ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माध्यमि...
खोटेहाङका चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र उपभोक्ता पुरस्कृत

खोटेहाङका चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र उपभोक्ता पुरस्कृत

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २४ जेठ । खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम समापनको अवसर पारेर चार कृषक, चार विद्यार्थी, चार शिक्षक, तीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, चार विद्यालय, सात कर्मचारी तथा एउटा निर्माण उपभोक्ता समिति पुरस्कृत भएको हो । कृषकतर्फ सबैभन्दा बढी अन्नबाली फलाउने वडा नं. ७ खोटाङबजारका कृषक तुलसीराम चौलागाईँ, फलफूल खेतीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ४ बडकादियालेका सुरेश अछामी, नगदेबालीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ८ सिम्पानीका सुवाश खड्का र पशुपालनतर्फ सबैभन्दा बढी पशुपालन गर्ने वडा नं. १ लिकुवापोखरीका दुर्गाबहादुर खड्का पुरस्कृत हुनुभएको छ । पुरस्कृत कृषकलाई जनही नगद रु १५ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाक...
दिक्तेल रुपाकोट मझुवागढीमा ‘म वातावरणको संरक्षण गर्छु’ अभियान

दिक्तेल रुपाकोट मझुवागढीमा ‘म वातावरणको संरक्षण गर्छु’ अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १९ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ । वातावरण संरक्षण, जैविक विविधताको संवद्र्धन, जलवायु परिवर्तनका चुनौतीहरुको सामना तथा स्वच्छ र हरित भविष्य निर्माणका लागि नगरपालिकाले अभियान सञ्चाल गर्ने भएको हो । बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनको समस्या तथा प्राकृतिक स्रोतहरुको अन्दाधुन्द दोहनले वातावरणीय सङ्कट गहिरिँदै गएकाले संरक्षण गर्न अभियान सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “स्वच्छ वाहा, सफा पानी, उर्वर भूमि र जैविक विविधता बिना मानव अस्तित्वको सम्भावना छैन । वातावरण मानव जीवनको आधार हो”, उहाँले भन्नुभयो, “अभियानले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न, वातावरण संरक्षणमा नागरिकको सहभागिता बढाउन र भावी पुस्ताप्रति हाम्रो जिम्मेवारीलाई आत्मसाथ गर्न सहयोग...
जोर्तीघाटमा दुईवटा झोलुङ्गे पुल : तीन जिल्लाका स्थानीयलाई आवतजावतमा सहज

जोर्तीघाटमा दुईवटा झोलुङ्गे पुल : तीन जिल्लाका स्थानीयलाई आवतजावतमा सहज

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १७ जेठ । दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकसाथ दुईवटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्नेगरी दूधकोशी र सुनकोशीमा दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो । जोर्तीघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई ठूलो राहत मिलेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभएको छ । “पुलले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । पुल सञ्चालनसँगै खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयलाई आवतजावतमा सहज भएको छ”, उहाँले भन्नुभयो, “पुल सञ्चालन भएपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको छ ...
दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई

दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, १० जेठ । दिक्तेल बहुमुखी क्याम्पस खोटाङको सञ्चालक समिति अध्यक्षमा पुनः दुर्गाजयन्ती राई चयन हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्यसमेत रहनुभएकी राईलाई क्याम्पसको आठौँ साधरणसभाले पुनः तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । नयाँ सञ्चालक समितिको उपाध्यक्ष कुमारप्रसाद आचार्य, सदस्यहरुमा रामप्रसाद दङ्गाल, प्रकाशकुमार श्रेष्ठ, दिनेशकुमार घिमिरे, उमेश राई, शिवनारायण श्रेष्ठ, राजकुमार उदास र टीका खत्री चयन हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले औपचारिक उद्घाटन गर्नुभएको साधारणसभाले सर्वसहमतिमा क्याम्पस सञ्चालक समितिको नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभापछि नवनिर्वाचित क्याम्पस सञ्चालक समितिको आज (आइतबार) नै बसेको पहिलो बैठकले चारजना मनोनित सदस्यसमेत थप गरेको छ । सञ्चालक समितिले मनोनित गरेको सदस्यहरु...
दमकका प्रकाशचन्द्र नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

दमकका प्रकाशचन्द्र नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, ६ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः नगद रु २५ हजार, रु १५ हजार र रु दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक नेपाल खेलकुद प्रतिष्ठना खोटाङका अध्यक्ष सञ्जयकुमार राईले ...
क्रियाशील पत्रकारलाई ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम

क्रियाशील पत्रकारलाई ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, ५ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरुलाई सहभागी गराएर ‘खोजपत्रकारिता एवम् मल्टिमिडिया’ सम्बन्धी पाँच दिने तालिम सुरु गरेको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पत्रकार महासङ्घ खोटाङले आज (मङ्गलबार)देखि जेठ–९ गतेसम्म पाँच दिने पत्रकारिता तालिमको आयोजना गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको आयोजक पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले जानकारी दिनुभएको छ । “हामी पत्रकारहरु औपचारिकतामा सीमित भयौँ । समाजमा लुकेर रहेका धेरै विषयवस्तुहरु हामीले उजागर गर्नुछ”, उहाँले भन्नुभयो, “जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरेका हौँ । यो तालिमले आवाजविहीनहरुको आवाज बु...
खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव : खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा जोड

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव : खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा जोड

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, पर्यटन, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, ३ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘तेस्रो बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ आज (आइतबार)बाट औपचारिकरुपमा सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्तरुपमा आयोजना गरेको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव यही जेठ–९ गतेसम्म सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ । छ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको...
ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान

ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ३१ वैशाख । ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहज जीवनयापनका लागि सहायक सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्र बसोवास गर्दै आएका अपाङ्गता भएका व्यक्तिमध्ये सात जनालाई ह्वील चियर, चार जनालाई ट्वाइलेट चियर, दश जनालाई एलकेन लौरो, दुई जनालाई हेयरिङ एड, एक जनालाई मोडिफाइ सुज र दुई जनालाई कृतिम हात वितरण गरिएको हो । गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत विनियोजन भएको रु तीन लाख बजेटमार्फत विभिन्न प्रकारका सहायक सामग्री खरिद गरेर वितरण गरिएको कार्यक्रम संयोजक भक्तबहादुर राईले जानकारी दिनुभएको छ । ऐसेलुखर्क गाउँपालिकामा गाउँपालिका, कोशी प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको संयुक्त साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय ऐसेलुखर्क बजारमा आज (बिहीबार) आयोजि...
एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २९ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका १२ विद्यार्थी एसइईमा सहभागी भएकामा १२ जना नै अनुत्तीर्ण भएका हुन् । दश स्थानीय तह रहेको जिल्लामा ६५.४२ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई खोटाङले दिएको जानकारी अनुसार यस वर्ष अघिल्लो वर्षभन्दा १०.७३ प्रतिशतले एसइईको नतिजामा सुधार आएको हो । गत वर्षको एसइईमा जिल्लाभर ५४.६९ प्रतिशत विद्यार्थीले मात्र एसइई उत्तीर्ण गरेका थिए । यो वर्ष जिल्लाका १०५ वटा माध्यमिक विद्यालयबाट दुई हजार ८५७ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । साधारण धारतर्फ दुई हजार ४५२ जना विद्यार्थी एसइईमा सहभागी भएकामा एक हजार ६५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसम...