साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा
खोटाङ, २६ वैशाख । साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ कुइपामा जन्मिएर ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकार विभरा किरातीले चौथो कृतिको रुपमा ‘आदिम फूल’ कविता सङ्ग्रह प्रकाशन गर्नुभएको हो ।
नेपालका आदिवासी जनजाति समुदायको अवस्था तथा किराती सभ्यता र संस्कृतिलाई प्रमुख प्राथमिकतामा राखेर प्रकाशन गर्नुभएको कविता सङ्ग्रह ‘आदिम फूल’मा ३८ वटा फुटकर कविता समेटिएका छन् । नेपाली समाजमा भएका वर्गीय, जातीय, साँस्कृतिक एवम् राजनीतिक परिवेशलाई समेत समेटेर प्रकाशन गरिएको ‘आदिम फूल’ कविता सङ्ग्रह शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले औपचारिक रुपमा विमोचन गर्नुभएको छ ।
कविता सङ्ग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्नु...









