Saturday, September 19

समाचार

साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा

साहित्यकार विभरा किरातीको कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, संगीत, समाचार, साहित्य
खोटाङ, २६ वैशाख । साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ कुइपामा जन्मिएर ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकार विभरा किरातीले चौथो कृतिको रुपमा ‘आदिम फूल’ कविता सङ्ग्रह प्रकाशन गर्नुभएको हो । नेपालका आदिवासी जनजाति समुदायको अवस्था तथा किराती सभ्यता र संस्कृतिलाई प्रमुख प्राथमिकतामा राखेर प्रकाशन गर्नुभएको कविता सङ्ग्रह ‘आदिम फूल’मा ३८ वटा फुटकर कविता समेटिएका छन् । नेपाली समाजमा भएका वर्गीय, जातीय, साँस्कृतिक एवम् राजनीतिक परिवेशलाई समेत समेटेर प्रकाशन गरिएको ‘आदिम फूल’ कविता सङ्ग्रह शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले औपचारिक रुपमा विमोचन गर्नुभएको छ । कविता सङ्ग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्नु...
उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य

उत्पादनमा उपप्रमुख महाअभियान : नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २६ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाअभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरेको हो । उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम अन्तरगत कफी खेतीको सम्भावना रहेका वडाहरूको पहिचान गरेर किसानलाई कफीको बिरुवा निःशुल्क वितरण गर्दै प्राविधिक सहयोगसमेत उपलब्ध गराउने गरिएको छ । हरेक वडाका किसानलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै प्रतिवर्ष दश लाख किलोग्राम प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरेको हो । महाअभियान अन्तरगत यो वर्ष नगरपालिकाभित्र कम्तिमा पनि आठ हेक्टर क्षेत्रफल जमिनमा २८ लाख कफीका बिरुवा रोप्ने तयारी गरिएको नगर उपप्रमुख विशन रा...
लोपोन्मुख भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न फेदीमा ‘हनी हन्टिङ’ महोत्सव

लोपोन्मुख भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न फेदीमा ‘हनी हन्टिङ’ महोत्सव

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २४ वैशाख । केपिलासगढी गाउँपालिकाले आगामी जेठ पहिलो साता भीर मौरीको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव आयोजना गर्ने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले आगामी जेठ–८ गते वडा नं. १ फेदीमा एकदिने हनी हन्टिङ महोत्सव आयोजना गर्ने भएको हो । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित ‘हनी हन्टिङ’ महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना...
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर दुईजना पुरुषको मृत्यु

खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर दुईजना पुरुषको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २४ वैशाख । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकैदिन दुईजना पुरुषको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो । गाउँमा विस्तार गरिएको विद्युत अवरुद्ध भएपछि पुनः सञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिनुभएको छ । तीन छोरा र एक छोरीको बुबा आनन्दको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उता, महादेवस्थानका सुनिलको बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष एवम् हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनु...
हलेसी तुवाचुङले काठमाडौँबाट विस्थापित नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने

हलेसी तुवाचुङले काठमाडौँबाट विस्थापित नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २३ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौँ लगायतका विभिन्न शहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ । सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा विभिन्न जिल्लाका सुकुमवासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएका नगरवासीलाई आफ्नै ठाउँमा फर्किएर बसोवास गर्न चाहेको खण्डमा आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको हो । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो गाउँ फर्किन इच्छुक तर, आफ्नो नाममा जग्गा भए पनि बसोवास गर्न आवास नभएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “सङ्घीय सरकारले सुकुमवासी बस्तीसहित देशभरका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने अभियान चलाएको छ । सङ्घीय सरकारको यो अभियानमा हाम्रो नगरपालिकाको पूर्ण समर्थन छ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारले सञ्चालन गरेको सरकारी तथा सार्वजनिक जग...
कवि, लेखक तथा पत्रकार किरातीलाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’

कवि, लेखक तथा पत्रकार किरातीलाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, २३ वैशाख । सात वर्षअघिदेखि खोटाङमा नियमित प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले यस वर्ष कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई पुरस्कृत गर्ने भएको छ । हलेसी तुवाचुुङ नगरपालिकालाई आधारभूमि बनाएर नियमित प्रकाशन हुँदै आएको साप्ताहिक पत्रिकाले नगद रु १५ हजार १५ राशीको ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’ कवि, लेखक तथा पत्रकार किरातीलाई प्रदान गर्ने भएको हो । कविता, लेख तथा पत्रकारिताको क्षेत्रबाट समाज सुधारमा पु¥याउनुभएको योगदानको कदरस्वरुप किरातीलाई यस वर्षको ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’ प्रदान गर्ने निर्णय गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक÷सम्पादक दिपेन्द्र राईले जानकारी दिनुभएको छ । घोषित पुरस्कार पत्रिकाको वार्षिकोत्सव अर्थात ‘तुवाचुङ डे’मा आगामी साउन–४ गते त्रिधार्मिकस्थल हलेसी आयोजना गरिने विशेष कार्यक्रममा प्रदान गर्ने तयारी गरिएको पत्रिकाले जारी गरेको विज्ञप्...
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण पेस गर्न स्थानीय तहलाई प्रशासनको पत्र

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण पेस गर्न स्थानीय तहलाई प्रशासनको पत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २२ वैशाख । जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र प्रशासन कार्यालयमा पेस गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई लिखित रुपमा पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाहरूको अद्यावधिकसहितको विवरण पेस गर्न लिखित आग्रह गरेको हो । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाहरू पहिचान गरी उक्त जग्गाहरूको अतिक्रमण हटाउने योजनासमेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । स्थानीय तहलाई सोमबार पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको हार्ड र सफ्ट दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ । नेपाल सरकार, गृह मन्त्रालयको यही वैशाख–१६ गतेको निर्देशनको आधारमा उक्त विवरण मागिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकार...
बाँदर सङ्कट र सशक्त सत्याग्रह

बाँदर सङ्कट र सशक्त सत्याग्रह

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, विचार, समाचार, समाज
–तीर्थराज भट्टराई नेपालका ग्रामीण भेगमा मानव–वन्यजन्तु द्वन्द्व दिनप्रतिदिन जटिल बन्दै गएको छ । विशेषगरी खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बाँदर आतङ्क गम्भीर समस्याको रूपमा रहेको छ । बाँदरको समस्याबाट कृषकहरु आर्थिक क्षति सँगसँगै सामाजिक र मनोवैज्ञानिक रूपमा पनि पीडित बनेका छन् । राष्ट्रिय तथ्यॅाक हेर्दा ७७ जिल्लामध्ये रामेछाप पछाडि खोटाङ उच्च बसाइँसराइ हुने जिल्लामध्ये दोस्रोमा पर्दछ । बाँदरले कृषकद्वारा खेतबारीमा लगाइएको अन्नबाली केही क्षणमा नै ध्वस्त गरिदिन्छन् । कृषकले दुःख गरेर उत्पादित खाद्यान्न नष्ट भएपछि उनीहरु गाउँ छोडेर अन्यत्र जान बाध्यता बनेका छन् । मानव– वन्यजन्तु द्वन्द्व र बसाइँसराइ हाम्रो नगरपालिकाका १५ वटै वडामा बाँदरको डरलाग्दो समस्या छ । मकै, कोदो, भटमास, दाल, आलुजस्ता मुख्य अन्नबाली तथा सागसब्जीमा हुने क्षतिले कृषकको वर्षभरीको मेहनत व्यर्थ हु...
‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित

‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, शिक्षा, समाचार, समाज
खोटाङ, २० वैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोहीको मन नलोभिने कुरै भएन । मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसे मैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम ट्रेल आसपासका वनमा फुलेका लालीगुराँस, चिमाल तथा चाँप हेर्न यतिबेला हुलका हुल आन्तरिक तथा बाह्य पर्यटक मुन्दुम ट्रेल आउने गरेको स्थानीयवासीले बताएका छन् । हिँड्ने मान्छे उपनामले चिनिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका ओजाेनबाबु आचार्य नेत...
साकेला उँभाैली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !

साकेला उँभाैली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, संगीत, समाचार, समाज
खोटाङ, १८ वैशाख । किरात समुदायको महान् चाड ‘साकेला उँभाैली’ आजदेखि औपचारिकरूपमा सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली साकेला चाड मनाउने गर्छन् । साकेला उँभाैली चाडको अवसर पारेर जिल्लाका किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोडिएका ठाउँ तथा पर्यटकीयस्थलमा पूजाआजासहित साकेला सिली प्रदर्शन गरिरहेका छन् । किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिकाकाे तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी, पञ्चदाेबाटाे र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानहरूमा पूजाआजासँगै बृहत् साकेल सिली प्रदर्शन गर्ने चलन छ । उँभाैली चाडको पहिलो दिन आज जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिकै रहेको किरात ऐतिहासिकस्थल...