यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह
खोटाङ, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय खोटाङले बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमा अनावरण तथा यलम्बर पार्क (उद्यान) उद्घाटन कार्यक्रम तत्काललाई स्थगित गर्न आग्रह गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको पार्कसहितको यलम्बरको प्रतिमा नगरपालिका र वडा नं. १४ बुइपाले एउटै कार्यक्रम फरक–फरक व्यक्तिबाट फरक–फरक मितिमा गर्ने भएपछि सामाजिक सद्भाव भड्कन सक्नेतर्फ मध्यनजर गर्दै प्रशासनले तत्कालका लागि अनवरण तथा उद्घाटन कार्यक्रम स्थगित गर्न दुवै पक्षलाई आग्रह गरेको हो ।
नगरपालिका र वडा कार्यालयले छुट्टाछुट्टै मितिमा फरक–फरक व्यक्तिबाट यलम्बरको शालिक अनावरण तथा पर्क उद्घाटन गराउने भएपछि विवाद हुँदा प्रशासनले शान्तिसुरक्षा दिन नसकिने भएकाले कार्यक्रम स्थगित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रेखा...









