दिक्तेलमा बृहत् स्वास्थ्य शिविर : एक हजार ६१९ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा
खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा दिएका छन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँ र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।
विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुई दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “हाम्रो नगरमा धेरैजना नागरिक स्वास्थ्य सेवा नपाएर बसेका थिए । उनीहरुलाई आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालमा आयोजना गरिएको...









