हलेसी माईक्रोबस दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो
खोटाङ, १९ साउन । हलेसी तुवाचुङ नगरपालिका– बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माईक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ । त्रिधार्मिकस्थल हलेसीमा दर्शन गरेर सिरहाको गोलबजारतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माईक्रोबस अनियन्त्रित भइ सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु तथा १७ जना घाइते भएका हुन् ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा लागेको महिना दिने ‘बोलबम’ मेला भरेर घर फर्कनेक्रममा माईक्रोबस दुर्घटनामापरी मृत्यु हुनेमा सिरहा जिल्लाको नराह गाउँपालिका–५ नरहा बलकावा निवासी २८ वर्षीया ममतादेवी यादव रहनुभएको छ । दुर्घटनाग्रस्त माईक्रोबसभित्रै च्यापिएर अचेत अवस्थामा उद्धार गरिएको ममतादेवीलाई कटारीस्थित अस्पतालले मृत घोषणा गरेको हो ।
घाइते हुनेमा सोही स्थानका ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुम...
