प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा
फागुन–११, खोटाङमा ऐतिहासिक रुपमा आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित दिक्तेलबजारमा यही फागुन १५, १६ र १७ गते हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो ।
स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राख्दैे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बाँस सम्मेलनको अन्तिम तयारी धमाधम भईरहेको छ । बिशिष्ट पाहुनाहरुलाई आवासको ब्यवस्था, स्वास्थ्य सेवा, मञ्च ब्यवस्थापन, स्टल ब्यस्थापन लगायतको कार्य अन्तिममा पुगेको मेयर तीर्थराज भट्टराईले जनाउनुभयो । हालसम्म देशभरबाट ५२ वटा स्टल ल्याईने टुंगो लागेको छ । नगरपालिका मुख्य आयोजक रहेको सम्मेलनको आयोजक बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल काठमाण्डौं, पर्यटन–बन तथा वातावरण मन्त्...
