Saturday, August 1

कृषि

सुदूरपश्चिमको मौलिक गौरा पर्व आज बाट सुरु

कृषि
कञ्चनपुर- सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने गर्दछ । एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ र  बिरुडा...

बालविवाहको समस्या गम्भीर बन्दै,भविष्यमा खतरा हुन सक्ने बिज्ञहरुको अनुमान

कृषि
काठमाडौँ । कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना, २०७८ को बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो । यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ । तथ्यांकअनुसार २० देखि २४ वर्ष उमेर पुगेका विवाहित बालबालिकालाई सोधिएको विवाहको उमेर सम्बन्धी प्रश्नअनुसार १४.१ प्रतिशत उत्तरदाताले आफ्नो विवाह १८ वर्ष नपुग्दै भएको उत्तर दिएका छन् । जसमध्ये २१.९ प्रतिशत बालिका छन् । यसले प्रत्येक पाँचमध्ये एक बालिकाको १८ वर्षको उमेर नपुग्दै विवाह भइरहेको देखिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को आयोजना तथा सेभ द चिल्ड्रेन र प्लान इन्टरनेशनलको सहयोगमा आयोजना गरेको 'बालबिवाह अन्त्य सम्बन्धी भए गरेको प्रयास र आगामी योजना'बारे सर...

सप्तरीमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

कृषि
सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कन्चनरुप नगरपालिका १० बदगमामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटना स्थलमै एक र एक जनाको अस्पतालमा मृत्यु भएको छ । यसरी दुर्घटनामा मृत्यु हुनेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ३  का ४१ वर्षिय महेश कुमार मेहताको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउंँदै गरेको प्र १–०२–०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरी हरिनगरा गाउँपालिका ३ का ४२ वर्षीय जय प्रकाश मेहता गम्भीर घाईते भई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएको अबस्था ईसीजी गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डुण्डीराज न्यौपाने सञ्चारकर्मीलाई ...

टोखा -१ का ३७ किसानलाई उन्नत सयपत्रीको बिरुवा बितरण

कृषि
स्वदेशी सयपत्री अभियानका अभियन्ता समाज सेवी श्री सुमन कुमार धिताल द्वारा यस वडा करिब ३७ जना किसानहरुलाई ७००० उन्नत सयपत्रीका बिरुवा बितरण गरिएको छ। करोडौंका भारतीय फुलको प्रतिस्थापनका लागि चितवनबाट सुरुगरिएको यो अभियान काठमाडौंमा पनि सुरु गरिएको जानकारी प्राप्त भएको छ। उक्त बिरुवा बितरण कार्यक्रममा चितवन सयपत्री अभियान्ता जिता बराल र टोखा नगरपालिका-६ को महिला उद्धमी शान्ता के शिको पनि उपस्थिति रहेको थियो। स्वदेशी फुल उत्पादन र खपद गरि नेपाली श्रमको सम्मान गर्दै, बर्सेनि करोडौ रुपैया भारत जानबाट रोक्न सकिने जानकारी अभियान्ता जिता बरालले बताउनु भयो। सयपत्री अभियान्ता सुमन कुमार धितालले यस पाली यस वडामा यो परिक्षण गरिने अर्को बर्ष व्यावसायिक उत्पानमा जोड दिईने र युवालाई सयपत्री संगै अन्य फुल १२ महिना उत्पादनका लागि प्राबिधिक सहित अन्य सहयोग गरिने जानकारी गराउनु भयो।...

शिवपुरीमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

कृषि, समाज
काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको छ ।नुवाकोट शिवपुरी ७ सुइरेचौर (सुर्याचौर) नजिकै रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो ।  पाँच जना सवार रहेको एयर डाइनेस्टीको हेलिकप्टर लाइ क्याप्टेन अरुण मल्लले उडाएको थिए भने अन्य चार जना चिनियाँ पर्यटक  सवार थिए ।  हेलिकप्टर बुधबार दिउँसो १ बजेर १४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।पाचै जनाको मृत्यु भएको र  सबै जनाको  शव फेला परिसकेको प्रहरी कार्यालय ले जनाएको छ । मृत्यु हुने चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । ...

सिस्नेरीमा सुमो दुर्घटना १० जना घाइते

कृषि
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार बिहान भएको सुमो दुर्घटनामा दुई नेपालीसहित आठ भारतीय नागरिक घाइते भएका छन् । घाइते १० जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सवारी दुर्घटनामा सुमो चालक पर्सा वीरगञ्ज महानगरपालिका घर भइ ललितपुर बल्खु बस्ने ३३ वर्षीया जाकिर मिया र बारा आदर्श कोतुवाला गाउँपालिका–७ का औसान अन्सारी घाइते हुनुभएको हो । दुर्घटनामा काठमाडौँ महानगरपालिका–१४ कालीमाटीस्थित एउटै गारमेन्टमा काम गर्ने भारतीय नागरिक ५० वर्षीय सोभरती अन्सारी, ३० वर्षीय सुनिल राम, ३५ वर्षीय प्रदिप राम, ४४ वर्षीय मोहमद मुस्लिम, २४ वर्षीय अनिल राम घाइते हुनुभएको हो । त्यस्तै सुमो दुर्घटनामा भारत घर भइ हाल काठमाडौँ  तारकेश्वर नगरपालिका नेपालटार बस्ने ४० वर्षीय सन्तोष रन्जन, ६१ वर्षीय सतेन, २० वर्षीय अफरोज आलम घाइते हुनुभएको हो । घाइतेहरूको टाउको, शरीरका विभिन्न ...

सार्वजनिक स्थान सरसफाईमा जुट्दै शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

कृषि
टोखा न पा १ को सार्वजनिक स्थान सरसफाई  अभियानमा श्री शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था  लिमिटेड सक्रिय रुपमा जुटेको छ । सहकारी  संस्थाको आव्हानमा आइतबार बिहान  साङ्गला दोबाटो देखि सीमाचौर सम्मको मेन सडक क्षेत्रमा  सरसफाई गरिएको छ । सरसफाईका लागि संस्थाका शेयर सदस्य , जनप्रतिनिधि ,भद्र भलाद्मी ,समाजसेवी , राजनीतिकर्मी ,बिभिन्न संघ संस्था का व्यक्तिहरु तथा युवाहरु लाइ सहभागी गराई सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । बिशेषगरि प्राकृतिक स्वरूपमा धनि रहेको झोर क्षेत्र र यहाका  मन्दिरहरुमा आउने भक्तजन लगाएत आन्तरिक तथा बाह्य पर्यटकहरु लाइ यहाँको वास्तविक बाताबरणीय अवस्था देखाउन साथै  स्वच्छ सफा सार्वजनिक स्थान बनाउन को लागि संस्था जुटेको संस्थाका अध्यक्ष श्री उद्धव अधिकारीले  बताउनु भयो। सरसफाई अभियान आज बाट  सुरु भएपनि  पछिल्ला दिनहरुमा पनि क्रमसः  निरन्तर रहने योजना रहेको  अध्यक...

बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

कृषि, समाज
सुनसरीको विभिन्न स्थानमा रहेको शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ । साउन महिनाको पहिलो सोमबारबाट सुरु भएको भगवान शिवको पुजापाठ तथा सोमबार उपवास बस्नेहरुले नदी तथा जलासयबाट जल ल्याएर अर्पण गर्ने गरि बोलबम सुरु भएको छ । जिल्लामा बोलबम सुरु भएपछि सोमबार सप्तकोशी नदीको चतरा, राजाबास र कोशी व्यारेज क्षेत्रमा जल भर्नेहरुको भिड लागेको छ । हजारौंको सङ्ख्यामा बोलबम जाने भक्तजनहरुले स्थान गर्ने र जल लिएर आ आफ्नो क्षेत्रको शिवालयमा जानेहरु एकसाथ आएकाले कोशी नदीमा जल भर्नेहरुको भिड बढेको हो ।सप्तरीको बलुवा सहितको क्षेत्र र सुनसरीको भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकाको रामनगरभुटाहा विशाल मिथलेश्वर बाबाधाममा जल अपर्ण गर्नका लागि बोलबमका भक्तजनहरु एकसाथ कोशी नदीमा आएकाले जल भर्नेहरुको भिड बढेको कोशी ८ भाण्टाबारीका देवराज यादवले जानकारी दिनुभयो । त्यसैगरी इनरुवा ९ बबियाको शिव शक्ती मन्दिर र...

जेष्ठ नागरिक आवाजको लोर्कापण तथा योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी सम्पन्न

कृषि
तारकेश्र्वर जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको जेष्ठ नागरिक आवाज लोकार्पण तथा योग र जेष्ठ नागरिक बिचार गोष्ठी मिलन बस्ती योग साधना केन्द्र बज्रयोगिनी योग साधना केन्द्र र पतन्जली योग समिति तारकेश्वरको सह आयोजनामा भव्य रुपमा सम्पन्न भयो । सस्थाका अध्यक्ष डा. बीरेन्द्र थपलियाको अध्यक्षता र आदरणीय  शिक्षाविद तथा  योगगुरु जगननाथ उपाध्यायको प्रमुख आतिथ्यतामा ,७ जना जेष्ठ नागरिक बुबा आमाहरु लाई सम्म्मान र अभिनन्दन गर्दै कार्यक्रमको उद्घाटन र जेष्ठ नागरिक आवाजको आठौ कृति लोकार्पण भयो । उक्त कार्यक्रम तारकेश्वर नगर पालिका — वडा नं.४ स्थीत कछुवा पार्टीप्यालेसमा सम्पन्न भएको हो । कार्यक्रका अध्यक्ष थपलियाले  कार्यक्रम उदेश्य माथी प्रष्ट पार्दै हामी  सबैजना जीवनको  उत्तरार्धमा जव प्रवेस गर्दछौ तब बुढौली लाग्दै  जान्छ  शरीर  कम्जोर  हुँदै जान्छ त्यति बेला अरुको सहाराको आवस्यकता पर्दछ यति बेला घरपरि...

कक्षा ११ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुल्ला

कृषि
आज काठमाडौं महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।  शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको हो । सूचना अनुसार चैत २०८० मा सञ्चालित एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुले १५ असारदेखि २९ गतेसम्म महानगरपालिकाको वेबसाइट अथवा इन्ट्रान्स डटकाठमान्डु डट जीओभी डट एनपी मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, कानुन विषयका लागि ४ साउन बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्ति परीक्षा सञ्चालन हुनेछ ।...