एसपीमा बढुवाका लागि ८ जना सिफारिस
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा आठ जना बढुवा सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार एसपी पदमा बढुवाका लागि ढकेन्द्र खतिवडा, अंगुर जिरी, यादव ढकाल, सन्तोष तामाङ्ग, श्यामबाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे सिफारिस भएका छन् ।
विगत १० महिनाको अवधिमा नेपाल प्रहरीमा एसपीका ८ पद नै रिक्त थिए । प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने भए पनि १० महिनासम्म पद रिक्त हुँदा उम्मेदवारहरु मर्कामा परेका थिए ।
एसपीका रिक्त ८ पदका लागि १२ जना प्रतिस्पर्धामा थिए । तर प्रतिस्पर्धीहरुमध्ये प्रदीपकुमार क्षेत्री, नारायण रञ्जितकार, एकनारायण कोइराला र अनन्तराम शर्मा भने बढुवा सिफारिसमा परेनन् ।...
