मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
खोटाङ, ३१ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय किसानलाई उन्नत जातको बङ्गुरको पाठा–पाठी निःशुल्क वितरण गरेको छ । नगरपालिकालाई बङ्गुरको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा उन्नत जातको बङ्गुरको पाठा–पाठी ल्याएर वितरण गरिएको हो ।
एघार वडा रहेको यो नगरपालिकाको वडा नं २ डिकुवाका दुई, वडा नं. ३ च्यास्मिटारका १८, वडा नं. ४ बडहरेका सात, वडा नं. ५ दुर्छिमका ३१, वडा नं. ६ मङ्गलटारका छ, वडा नं. ७ हलेसीमहादेवस्थानका १३, वडा नं. ८ धितुङका नौँ, वडा नं. ९ सल्लेका पाँच, वडा नं. १० अर्खौलेका छ र वडा नं. ११ राजापानीका तीनजना किसानलाई बङ्गुरको पाठा–पाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ । वडा नं. १ बाहुनीडाँडा बाहेक अन्य सबै वडाका किसानलाई एक÷एकवटाका दरले ल्यान्ड्रेस, हेमसायर र ड्युरोक जातको बङ्गुरको पाठा–पाठी वितरण गरिएको हो ।
कोशी प्रदेश सरकारको बङ्गुर प्रवद्र्धन ...









