ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान
खोटाङ, ३१ वैशाख । ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई सहज जीवनयापनका लागि सहायक सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्र बसोवास गर्दै आएका अपाङ्गता भएका व्यक्तिमध्ये सात जनालाई ह्वील चियर, चार जनालाई ट्वाइलेट चियर, दश जनालाई एलकेन लौरो, दुई जनालाई हेयरिङ एड, एक जनालाई मोडिफाइ सुज र दुई जनालाई कृतिम हात वितरण गरिएको हो ।
गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत विनियोजन भएको रु तीन लाख बजेटमार्फत विभिन्न प्रकारका सहायक सामग्री खरिद गरेर वितरण गरिएको कार्यक्रम संयोजक भक्तबहादुर राईले जानकारी दिनुभएको छ । ऐसेलुखर्क गाउँपालिकामा गाउँपालिका, कोशी प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको संयुक्त साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकाको कार्यालय ऐसेलुखर्क बजारमा आज (बिहीबार) आयोजि...









