पर्यटन प्रवद्र्धमा साकेलाको जोड, श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खोटाङ, २० पुस । साकेला गाउँपालिका–२ रतन्छामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तरगत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो ।
सरसफाइका क्रममा गुफासम्म पुग्ने पैदलमार्ग, गुफा परिक्रमा गर्ने बाटो, गुफाभित्र जम्मा भएका फोहर तथा गुफामाथि पलाएका झारपात र बोटबिरुवाहरू पूर्ण रूपमा हटाइएका छन् । सरसफाइपछि धन्नेश्वरी गुफाको स्वरूप नै परिवर्तन भएको रतन्छाका स्थानीयवासीले बताएका छन् ।
लामो समयदेखि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाउँदै विकासको काम प्रारम्भ गरेको छ । आगामी दिनमा...









